लालगढमा गौतम होटल धमाधम निर्माण हुँदै

बर्दिबास, माघ ११ गते । चार दशकदेखि ग्राहकलाई सेवा दिदैं आएको महोत्तरीको बर्दिबासस्थित गौतम होटलले धनुषाको लालगढमा सुविधासम्पन्न होटल धमाधम निर्माण गरिरहेको छ । युवा...
२०७८ माघ ११ गते

पत्रिकामा राखेर खानेकुरा खाँदा पेट क्यान्सर

‘बाटो किनारमा खानेकुरा सस्तोमा पाइन्छ ।तर, सस्तोमा दिइने खाजाहरु पत्रिकामा राखेर दिइन्छ ।त्यहाँ हामी खाजा मात्रै होइन् अदृष्य रुपमा ईङ्क अर्थात प्वाईजन खाइरहेका हुन्छौं ।’

बर्दिबास, फागुन २८ गते ।
के तपार्इं पत्रिका राखेर दिएको चनाचटपटे वा मुरहीकच्ची जस्ता खानेकुरा खाँदैं हुनुहुन्छ ? खाँदैं हुनुहुन्छ भने होसियार बन्नुस्, नत्र पेटको क्यान्सर लाग्न सक्छ ।
‘पत्रपत्रिकामा राखेर पसलेले खाजा दिइरहेका छन्, हामी मज्जाले खारहेका हुन्छौं । पत्रिकाको ईङ्क लतपतिएर खानेकुरासंगै हाम्रो पेटमा गइरहेको हुन्छ,’खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र रायले भने,‘खाजासंगै हामी थाहा नपाएर प्वाइजन खाइरहेका हुन्छौं । तर, हामीलाई त्यसबारेमा थाहा हुदैंन ।’ हामीले खाएको ईङ्कले पेट क्यान्सर रोग लाग्ने गरेको उनले बताए ।


नेपालमा थोरैको पहुँच राम्रा होटलमा छन् ।धेरै त फुटपाथ, सडक पेटीकै खाजा खाने गरेका उनले बताए ।‘बाटो किनारमा खानेकुरा सस्तोमा पाइन्छ ।तर, सस्तोमा दिइने खाजाहरु पत्रिकामा राखेर दिइन्छ ।त्यहाँ हामी खाजा मात्रै होइन् अदृष्य रुपमा ईङ्क अर्थात प्वाईजन खाइरहेका हुन्छौं ।’पत्रिकाको साटो सालको पातको टपरी, प्लेटमा राखेर खानेकुरा बिक्री गर्न उनले व्यवसायीलाई अनुरोध गरेका छन् ।
शुक्रबार महोत्तरीको बर्दिबासमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले खानेकुरामा स्वच्छता कायम गर्न सडकमा खानेकुरा बिक्री गर्ने व्यवसायीहरु बीच अन्तरक्रिया चलाएको छ । आँखाबाट देखिने केमिकल, माटो, धुलो र नदेखिने किटानुबाट बचाउँदा खानेकुरा स्वच्छ र स्वस्थ्यकर हुने महानिर्देशक रायको भनाई छ ।
खानेकुरामा व्यवसायीले रंगको अध्याधिक प्रयोग गर्दा वस्तु उपभोग गर्ने ग्राहक रोगी हुनेक्रम बढ्दैं गएको छ । ‘पसलले जसरी खानेकुराको मुल्य तोक्छ, त्यसैगरि त्यसको स्वच्छतामा ध्यान दिनु पर्छ,’उनले भने ।

- Advertisement -

More articles

Leave a Reply

भर्खर

लालगढमा गौतम होटल धमाधम निर्माण हुँदै

बर्दिबास, माघ ११ गते । चार दशकदेखि ग्राहकलाई सेवा दिदैं आएको महोत्तरीको बर्दिबासस्थित गौतम होटलले धनुषाको लालगढमा सुविधासम्पन्न होटल धमाधम निर्माण गरिरहेको छ । युवा...

राष्ट्रियसभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै

काठमाडौं, माघ ११ गते । राष्ट्रियसभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै छ । बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म सातै प्रदेशमा राष्ट्रिय सभाको...

मधेश सरकारले किन घडेरी खोज्दै छ ?

शैलेन्द्र महतो जनकपुरधाम, माघ ११ गते । मधेश प्रदेश सरकारले आफ्नो घर बनाउन घडेरीको खोजीमा जुटेको छ । हालै जनकपुरधाम स्थायी राजधानी तोकिए छ । जनकपुर...

गिरिराजमणि पोखरेलज्यू, सिंहदरबारको अधिकार कहिले आइपुग्छ ?

श्री गिरिराजमणि पोखरेलज्यू, श्री सारदा देवी थापाज्यू, श्री बिदुरकुमार कार्कीज्यू । महोदय,       भनिन्छ, सडक र पुलले ७० प्रतिशत विकाश गाडीमा बोकेर गाउँमा ल्याउँछ । मेरो...

ग्रामिण भेगको विकासका लागि समुदायमा आधारित विकासको मोडेलको खाँचो छ ः पूर्वशिक्षा मन्त्री पोखरेल

खयरमारा, माघ १० गते । ग्रामिण भेगको विकासका लागि समुदायमा आधारित विकासको मोडेलको खाँचो रहेको पूर्वशिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् । महोत्तरीको विकट गाउँ...