लालगढमा गौतम होटल धमाधम निर्माण हुँदै

बर्दिबास, माघ ११ गते । चार दशकदेखि ग्राहकलाई सेवा दिदैं आएको महोत्तरीको बर्दिबासस्थित गौतम होटलले धनुषाको लालगढमा सुविधासम्पन्न होटल धमाधम निर्माण गरिरहेको छ । युवा...
२०७८ माघ ११ गते

चुरेको शिरमा टुटेश्वरनाथ महादेव मन्दिर

बर्दिबास, असार १ गते ।
महोत्तरीको प्रसिद्ध धार्मिक एवम् ऐतिहासिक स्थलको रूपमा परिचित टुटेश्वरनाथ मन्दिर पछिल्लो समयमा आएर आकर्षणको केन्द्रविन्दु बन्दै गएको छ ।पूर्व–पश्चिम महेन्द्र राजमार्गभन्दा ७ किमी उत्तरतर्फ बर्दिवास नगरपालिका– ५ मा पर्ने पौराणिक एवम् धार्मिक आस्था बोकेको टुटेश्वरनाथ महादेव मन्दिर पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनेको छ ।साउन महिनाको प्रत्येक सोमबारका दिन हजारौँ दर्शनार्थीहरू यस मन्दिरमा जल चढाउनका लागि पुग्ने गर्छन् ।जिल्लाको प्रसिद्ध धार्मिकस्थलको रूपमा परिचित टुटेश्वरनाथ महादेव मन्दिरमा मनोकामना पूरा भएपछि श्रद्धालु काँवर लिएर आउनु, लड्डु चढाउनु, सुन–चाँदी दान गर्नु, भौतिक संरचना बनाइदिनेजस्ता भाकल गर्नेको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ ।

टुटेश्वरनाथ महादेव जस्ता धार्मिक स्थलले टुटेका मन जोड्ने सामाजिक सद्भावको भावनाको केन्द्रको रूपमा रहेकाले यसलाई पर्यटन केन्द्रको रूपमा समेत विकसित हुँदै गइरहेको त्यहाँका स्थानीयवासीहरू बताउँछन् ।

मरहा नदी र खहरे खोलाको शिखरमा रहेको हिन्दूहरूको पवित्र धार्मिक स्थल टुटेश्वरनाथ मन्दिरमा साउनको प्रत्येक सोमबारबाहेक हरितालिका तीज, एकादशी, शिवरात्रिका दिन मेला भर्नका लागि आसपासका जिल्लालगायत सीमावर्ती भारतीय शहरबाट बर्सेनि हजारौँ श्रद्धालु भक्तजन आउने गर्छन् ।

- Advertisement -

More articles

Leave a Reply

भर्खर

लालगढमा गौतम होटल धमाधम निर्माण हुँदै

बर्दिबास, माघ ११ गते । चार दशकदेखि ग्राहकलाई सेवा दिदैं आएको महोत्तरीको बर्दिबासस्थित गौतम होटलले धनुषाको लालगढमा सुविधासम्पन्न होटल धमाधम निर्माण गरिरहेको छ । युवा...

राष्ट्रियसभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै

काठमाडौं, माघ ११ गते । राष्ट्रियसभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै छ । बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म सातै प्रदेशमा राष्ट्रिय सभाको...

मधेश सरकारले किन घडेरी खोज्दै छ ?

शैलेन्द्र महतो जनकपुरधाम, माघ ११ गते । मधेश प्रदेश सरकारले आफ्नो घर बनाउन घडेरीको खोजीमा जुटेको छ । हालै जनकपुरधाम स्थायी राजधानी तोकिए छ । जनकपुर...

गिरिराजमणि पोखरेलज्यू, सिंहदरबारको अधिकार कहिले आइपुग्छ ?

श्री गिरिराजमणि पोखरेलज्यू, श्री सारदा देवी थापाज्यू, श्री बिदुरकुमार कार्कीज्यू । महोदय,       भनिन्छ, सडक र पुलले ७० प्रतिशत विकाश गाडीमा बोकेर गाउँमा ल्याउँछ । मेरो...

ग्रामिण भेगको विकासका लागि समुदायमा आधारित विकासको मोडेलको खाँचो छ ः पूर्वशिक्षा मन्त्री पोखरेल

खयरमारा, माघ १० गते । ग्रामिण भेगको विकासका लागि समुदायमा आधारित विकासको मोडेलको खाँचो रहेको पूर्वशिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् । महोत्तरीको विकट गाउँ...