लालगढमा गौतम होटल धमाधम निर्माण हुँदै

बर्दिबास, माघ ११ गते । चार दशकदेखि ग्राहकलाई सेवा दिदैं आएको महोत्तरीको बर्दिबासस्थित गौतम होटलले धनुषाको लालगढमा सुविधासम्पन्न होटल धमाधम निर्माण गरिरहेको छ । युवा...
२०७८ माघ ११ गते

प्रियंकाको बलात्कारपछि हत्या आशंका, दुई किशोर पक्राउ

बर्दिबास, भदौं ३ गते ।

दुई दिनअघि सर्लाहीको लालबन्दीमा मृत फेला परेकी किशोरीको हत्या भएको खुलेको छ। हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुईजना किशोरलाई पक्राउ गरेको छ।

गएको साउन ३१ गतेदेखि हराइरहेकी लालबन्दी नगरपालिका–१७ रानीगञ्ज डाँडाटोल निवासी राजन भुजेलकी १६ वर्षीया छोरी प्रियंकाको शव गएको मंगलबार स्थानीय खोलामा फेला परेको थियो। खोलाको बगरमा खाडल खनेर गाडेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएपी माधव बुढाथोकीले जानकारी दिए।

घरदेखि करिव ३ किलो मिटर टाढा लालबन्दी नगरपालिका–६ मा पर्ने कालिन्जोर खोलाको बगरमा उनको शव फेला परेको हो। किशोरी बेपत्ता भएपछि खोजी गर्ने क्रममा आफन्त र स्थानीयले दुई दिनपछि खोलामा किशोरीको शव फेला पारेका थिए।

किशोरीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले स्थानीय दुई किशोरलाई पक्राउ गरेको छ। लालबन्दी नगरपालिका १७ का १८ वर्षीय किसन साह र १९ वर्षीय अनिष दाहाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। ‘उनीहरुले प्रियंकाको हत्या गरी शव गाडेको स्वीकारिसकेका छन्,’ डिएसपी बुढाथोकीले  भने, ‘उनीहरुले नै किशोरीको शव गाडेको ठाउँ हामीलाई देखाएका हुन्। घटनाको थप अनुसन्धान भइरहेको छ।’

स्थानीयले किशोरीको बलात्कारपछि हत्या भएको आशंका व्यक्त गरेका छन्। तर प्रहरीले भने यसको पुष्टि गरिसकेको छैन। ‘हामी हत्याको कारण खोजिरहेका छौँ। अहिले यकिन भइसकेको छैन। सबै कोणबाट अनुसन्धान भइरहेको छ,’ डिएसपी बुढाथोकीले भने।

किशोरीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ।  पक्राउ परेका दुबै किशोरलाई जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखिएको छ। पोष्टमार्टमको रिपोर्ट आएपछि घटनाको बास्तविकता खुल्ने प्रहरीले जनाएको छ।

प्रियंकाको हत्याको विरोधमा बुधबार स्थानीयवासीले लालबन्दीमा सडक अवरुद्ध गरेका थिए। ईलाका प्रहरी कार्यालय अगाडि भेला भएर स्थानीयले दोषीमाथि कारबाहीको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन्।

किशोरीका बुवा राजनले पक्राउ परेका दुई किशोरविरुद्ध जबर्जस्ती करणी र हत्या अभियोगमा कारबाही माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन्। उनीहरुलाई बुधबारै जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।  सभार ः नेपाल खबर

- Advertisement -

More articles

Leave a Reply

भर्खर

लालगढमा गौतम होटल धमाधम निर्माण हुँदै

बर्दिबास, माघ ११ गते । चार दशकदेखि ग्राहकलाई सेवा दिदैं आएको महोत्तरीको बर्दिबासस्थित गौतम होटलले धनुषाको लालगढमा सुविधासम्पन्न होटल धमाधम निर्माण गरिरहेको छ । युवा...

राष्ट्रियसभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै

काठमाडौं, माघ ११ गते । राष्ट्रियसभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै छ । बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म सातै प्रदेशमा राष्ट्रिय सभाको...

मधेश सरकारले किन घडेरी खोज्दै छ ?

शैलेन्द्र महतो जनकपुरधाम, माघ ११ गते । मधेश प्रदेश सरकारले आफ्नो घर बनाउन घडेरीको खोजीमा जुटेको छ । हालै जनकपुरधाम स्थायी राजधानी तोकिए छ । जनकपुर...

गिरिराजमणि पोखरेलज्यू, सिंहदरबारको अधिकार कहिले आइपुग्छ ?

श्री गिरिराजमणि पोखरेलज्यू, श्री सारदा देवी थापाज्यू, श्री बिदुरकुमार कार्कीज्यू । महोदय,       भनिन्छ, सडक र पुलले ७० प्रतिशत विकाश गाडीमा बोकेर गाउँमा ल्याउँछ । मेरो...

ग्रामिण भेगको विकासका लागि समुदायमा आधारित विकासको मोडेलको खाँचो छ ः पूर्वशिक्षा मन्त्री पोखरेल

खयरमारा, माघ १० गते । ग्रामिण भेगको विकासका लागि समुदायमा आधारित विकासको मोडेलको खाँचो रहेको पूर्वशिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् । महोत्तरीको विकट गाउँ...