२०७९ चैत्र १३ गते

मटिहानीमा मुहर्रम

बर्दिबास, साउन ४ गते ।
एउटा ठूलो हुल गाउँ परिक्रमा गरिरहेका छन् । झट् त्यो भिडको देख्दा मनमा डर लाग्छ ।उनीहरुले हातहातमा लाठी र भाला बोकेका छन् । तर, डराउनु पर्दैन । यो एउटा मुश्लिम समुदायको ठूलो परम्परा दृष्य हो । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदका नाति इमाम हुसैनले शहादत प्राप्त गरेको सम्झनामा मुस्लिमहरुले मुहर्रमको दिन शोक मनाउँछन्।नेपालका कतिपय ठाउँमा पनि मुहर्रममा मुस्लिमहरुसँगै हिन्दुहरु सहभागी हुने गर्छन्।यस्तै दृष्य महोत्तरीको साँस्कृतिक नगरि मटिहानी देखिएको छ ।इस्लाम धर्मको संस्थापक हजरत मोहम्मद साहब सहिद भएको दिनको सम्झनामा मुस्लिमहरुको ईस्लामीक क्यालेण्डर अनुसार हिजरि सम्बत् १४४३ को पहिलो महिना मुहर्रम पर्व मनाउँछन् । आजको दिन यसरी ताजिया (दाहा) सहितको घरेलु हतियारसहित नारा जुलुस गर्दै बेलुकी यो पर्व सम्पन्न हुन्छ । मुस्लिम समुदायको पवित्र महिनाको रूपमा मुहर्रमलाई मानिन्छ ।यो महिनादेखि उनीहरूको नयाँ साल शुभारम्भ हुन्छ । इस्लामिक कानुनको नयाँ महिना हो । यो महिनाको दशौँ दिन मोहर्रम पर्व मनाइन्छ । मोहर्रम महिनाको १० औँ दिन रोज–ए–आशरा भनिन्छ, यो दिन हजरत ई माम हुसैन सहिद भएका थिए ।

इस्लाम धर्मको संस्थापक हजरत मुहम्मद साहबको सानो नवासे हजरत ई माम हुसैनले कर्बलामा ७२ साथीसहित सहिद भएको यो महिनालाई शोक मनाउने महिनाको रूपमा पनि मनाइन्छ । ई माम हुसैन सहिद भएको दिनलाई मुस्लिम धर्मालम्बीहरुले ताजिया (दाहा) बनाएर जुलुस निकाली सशस्त्र शक्ति प्रदर्शन गर्दै आएका छन्, यता ताजिया निकालने परम्परा शिया मुस्लिमहरुले मात्र गर्छन्, सुन्नी समुदायले ताजिया (दाहा) मनाउदैँन , यो महिनामा १० दिन रोजा बस्छन् । कुरानको तिलावत पढ्ने गरिन्छ ।

तानियाको इतिहास के छ ?

इराकमा ई माम हुसैनको रोजा–ए–मुबारक (दरगाह) छ, दरगाह जस्तै ताजिया बनाइन्छ, ताजियादारीको सुरुआत भारतमा भएको इतिहास छ । तत्कालीन बादशाह तैमूर लंगले १४०१ वर्ष पहिला मुहर्रमको महिनामा ई माम हुसैनको लागि (दरगाह) बनाएको तथा ताजिया नाम दिएका थिए ।ई माम हुसैन तथा उनका ७२ जना साथीले शाहदत प्राप्त गरेको यादमा ताजियेदारी गरिएको दिनदेखि मुस्लिम समुदायले ताजिया मनाउँदै आएको हो ।

- Advertisement -

More articles

Leave a Reply

भर्खर

उपराष्ट्रपतिका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं : देशको नयाँ उपराष्ट्रपतिको आगामी चैत ३ गते हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बिहान ९...

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गयो

सप्तरी । सप्तरीमा मापसे गरि मोटरसाइकल चलाउँदा अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका २ लौनियाका...

सर्लाही : उखु क्रसिङ बन्द

सर्लाही, फागुन २५ गते । सर्लाहीको गोडैता नगरपालिकास्थित महालक्ष्मी चिनी उद्योग बगदहले यस वर्षका लागि उखु क्रसिङ बन्द गरेको छ । किसानले उखु ल्याउन छाडेपछि...

कर्मचारी अभावमा नागरिकको सेवा प्रभावित

ललिता साह सप्तरी, फागुन २४ गते । अत्यधिक भीडभाड हुने जिल्ला प्रशासन कार्यालय सप्तरीमा कर्मचारी अभावका कारण सेवाग्राहीको काम प्रभावित भएको छ । सुरुङ्गा– ८ का...

चामलसहितका कन्टेनर एक महिनादेखि भन्सारमै

खजुरा । विश्व खाद्य कार्यक्रमले नेपाल–भारत नेपालगन्ज जमुनाह नाकाबाट भित्र्याउन लागेको ५४ हजार किलो चामल गुणस्तरहीन भएको भन्दै नेपालगञ्ज भन्सार कार्यालयले रोकिदिएको छ । समुद्री...