लालगढमा गौतम होटल धमाधम निर्माण हुँदै

बर्दिबास, माघ ११ गते । चार दशकदेखि ग्राहकलाई सेवा दिदैं आएको महोत्तरीको बर्दिबासस्थित गौतम होटलले धनुषाको लालगढमा सुविधासम्पन्न होटल धमाधम निर्माण गरिरहेको छ । युवा...
२०७८ माघ ११ गते

राहदानीमा चुच्चे नक्सा खै ?

काठमाडौँ: नेपालको नयाँ नक्सा जारी भएको १५ महिना भइसक्दा पनि राहदानीमा चुच्चो सहितको नयाँ नक्सा समेटिएको छैन ।नयाँ वितरण गरिएको राहदानीमा पुरानै नक्सा सहितको निशान छाप राखिएको हो ।

सुर्खेत वीरेन्द्रनगर-१३ का मनोज खड्काथोकी सुनार आइतबार नयाँ राहदानी लिन राहदानी विभाग नारायणहिटी पुगेका थिए । तर राहदानीमा पुरानै नक्सा देख्दा उनी अचम्मा परे । ‘हाम्रो देशको नयाँ नक्सा आएको होइन र ? यहाँ त पुरानै छ,’ उनले सोधे ‘चुच्चे नक्सा कहाँ हरायो ?’

बाराको कलैयाका सादाम अन्सारीले पनि विदेश जान राहदानी बनाएका छन् । उनको राहदानीमा पनि उही पुरानै नक्सा छ । २०७७ जेठ ७ गते नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नेपालको नक्सा सार्वजनिक गरेको थियो । नक्सा जारी भएयता राहदानी विभागले कम्तिमा ५ लाख बढी नयाँ राहदानी वितरण गरिसकेको छ । तर, सबै राहदानीमा पुरानै नक्सा छ ।

राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालका अनुसार अहिले वितरण गरिरहेको राहदानी सन् २०१० मा छापिएको थियो । राहदानी छाप्न ग्लोबल टेन्डर गरिन्छ । त्यसबेला ७० लाख पासपोट छापिएको थियो ।

‘प्राविधिक कारणले राहदानीमा नयाँ नक्सा राख्न सकेका छैनौँ,’ अर्यालले भने, ‘मंसीरपछि नयाँ नक्सासहितको ई-पासपोर्ट जारी गर्ने तयारी गरेका छौँ ।’

यस्तै २० लाख नयाँ राहदानी छापिने प्रक्रियामा रहेको उनले जनाए । विभागले आफ्नो कार्यालयको भित्तामा भने नेपालको नयाँ नक्सा झुण्डाएको छ । सामान्य, आधिकारिक, कुटनीतिक र यात्रा गरी चार प्रकारका राहदानी प्रचलनमा छन् । अब तेस्रो पुस्ताको राहदानी वितरणको तयारी छ । सभार ः अन्नपूर्ण पोस्ट्

- Advertisement -

More articles

Leave a Reply

भर्खर

लालगढमा गौतम होटल धमाधम निर्माण हुँदै

बर्दिबास, माघ ११ गते । चार दशकदेखि ग्राहकलाई सेवा दिदैं आएको महोत्तरीको बर्दिबासस्थित गौतम होटलले धनुषाको लालगढमा सुविधासम्पन्न होटल धमाधम निर्माण गरिरहेको छ । युवा...

राष्ट्रियसभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै

काठमाडौं, माघ ११ गते । राष्ट्रियसभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै छ । बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म सातै प्रदेशमा राष्ट्रिय सभाको...

मधेश सरकारले किन घडेरी खोज्दै छ ?

शैलेन्द्र महतो जनकपुरधाम, माघ ११ गते । मधेश प्रदेश सरकारले आफ्नो घर बनाउन घडेरीको खोजीमा जुटेको छ । हालै जनकपुरधाम स्थायी राजधानी तोकिए छ । जनकपुर...

गिरिराजमणि पोखरेलज्यू, सिंहदरबारको अधिकार कहिले आइपुग्छ ?

श्री गिरिराजमणि पोखरेलज्यू, श्री सारदा देवी थापाज्यू, श्री बिदुरकुमार कार्कीज्यू । महोदय,       भनिन्छ, सडक र पुलले ७० प्रतिशत विकाश गाडीमा बोकेर गाउँमा ल्याउँछ । मेरो...

ग्रामिण भेगको विकासका लागि समुदायमा आधारित विकासको मोडेलको खाँचो छ ः पूर्वशिक्षा मन्त्री पोखरेल

खयरमारा, माघ १० गते । ग्रामिण भेगको विकासका लागि समुदायमा आधारित विकासको मोडेलको खाँचो रहेको पूर्वशिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् । महोत्तरीको विकट गाउँ...