२०७९ चैत्र १३ गते

‘समावेशीको नारा लगाउने मधेश प्रदेश सरकार आफै असमावेशी’

बर्दिबास, असार २५ गते ।
समावेशीको नारा लगाउने मधेश प्रदेश सरकार आफै असमावेशी भएको प्रदेश सभा सदस्य सारदादेवी थापाले बताएकी छिन् । जनकपुरधामको एक कार्यक्रममा उनले मधेश प्रदेश सरकार, मातहतका मन्त्रालय र निकायमा समावेशी अनुहार नदेखिएको उनले बताइन् ।

‘प्रदेश सरकारले समानुपातिक समावेशीको नीति बनायो । योजना ल्यायो । तर, कार्यान्वयनको पक्ष निकै फितलो देखियो’, उनले भनिन्, ‘प्रदेश सभामा १०७ जना सदस्य छन् अहिले । त्यसमध्य ९ जना खसआर्य छन् । तर कुनै निकायमा उनीहरुको प्रतिनीधित्व छैन ।’ समावेशीताको कुरा गरेर नथाक्ने प्रदेश सरकार आफै असमावेशी रहेको उनले भनिन्, ‘सात वटा मन्त्रालयबाट दश वटा बन्यो तर, कुनै पनि मन्त्रालयको नेतृत्वमा महिलालाई दिइएन । ७ वटा संसदीय समिति छ । ति सबै समितिको सभापति पुरुष मात्रै छन् । ’

सेवा प्रदान गर्ने स्थानमा महिलाको कुरा प्राथमिकतामा नपरेको प्रदेशसभा सदस्य थापाले बताइन् । ‘कर्मचारीहरुको मनपोली छ । उनीहरु मनका राजा छन् । कर्मचारीहरु फोन उठाउँदैन । उठाएपनि बोल्दैन । माननीय ज्यूलाई भनेर के हुन्छ । सरुवा नै गर्छ भन्ने मनोभावना छ भन्ने कर्मचारीहरुमा परेको छ’, उनले भनिन्, ‘मन्त्रालयमै कर्मचारीले बार्गेनिङ्ग गर्छन् । सरकारको अनुगन पाटो फितलो छ । कर्मचारीकै कारण तीन तहको सरकार छ र ? भन्ने अवस्था छ ।’

- Advertisement -

More articles

Leave a Reply

भर्खर

उपराष्ट्रपतिका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं : देशको नयाँ उपराष्ट्रपतिको आगामी चैत ३ गते हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बिहान ९...

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गयो

सप्तरी । सप्तरीमा मापसे गरि मोटरसाइकल चलाउँदा अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका २ लौनियाका...

सर्लाही : उखु क्रसिङ बन्द

सर्लाही, फागुन २५ गते । सर्लाहीको गोडैता नगरपालिकास्थित महालक्ष्मी चिनी उद्योग बगदहले यस वर्षका लागि उखु क्रसिङ बन्द गरेको छ । किसानले उखु ल्याउन छाडेपछि...

कर्मचारी अभावमा नागरिकको सेवा प्रभावित

ललिता साह सप्तरी, फागुन २४ गते । अत्यधिक भीडभाड हुने जिल्ला प्रशासन कार्यालय सप्तरीमा कर्मचारी अभावका कारण सेवाग्राहीको काम प्रभावित भएको छ । सुरुङ्गा– ८ का...

चामलसहितका कन्टेनर एक महिनादेखि भन्सारमै

खजुरा । विश्व खाद्य कार्यक्रमले नेपाल–भारत नेपालगन्ज जमुनाह नाकाबाट भित्र्याउन लागेको ५४ हजार किलो चामल गुणस्तरहीन भएको भन्दै नेपालगञ्ज भन्सार कार्यालयले रोकिदिएको छ । समुद्री...