२०७९ चैत्र १३ गते

ग्यास बिस्फोटका घाइतेको उपचारलाई नौ लाख सहयोग

सिन्धुपाल्चोक, भदौ १४ गते ।

खाना पकाउने ग्यास सिलिन्डर बिस्फोट भएर घाइते भएका नौ जनाको उपचार गर्न जिल्लाको भोटेकोसी गाउँपालिकाले आर्थिक सहयोग गरेको छ ।

केही दिनअघि बौद्धको एक चिया पसलमा खाना पकाउने ग्यास बिस्फोटपछि भएको आगलागीमा भोटेकोशी गाउँपालिकाका सात सहितका नौ जना गम्भीर घाइते भएका थिए ।

उनीहरुको उपचार गर्न भोटेकोसी गाउँपालिकाले पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतको उपस्थितिमा सोमबार साँखुस्थित सुस्मा मेमोरियल अस्पतालमा नै पुगेर जनही एक लाखको दरले नौ लाख सहयोग हस्तान्तरण गरेको महाधिवेशन प्रतिनिधि युधिर पौडेलले जानकारी दिए ।

पालिका अध्यक्ष पासाङ नोर्बु शेर्पा र वडा नम्बर ५ का अध्यक्ष दावात्याम्बा लामाको टीमले सहयोग जुटाएको हो ।

- Advertisement -

More articles

Leave a Reply

भर्खर

उपराष्ट्रपतिका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं : देशको नयाँ उपराष्ट्रपतिको आगामी चैत ३ गते हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बिहान ९...

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गयो

सप्तरी । सप्तरीमा मापसे गरि मोटरसाइकल चलाउँदा अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका २ लौनियाका...

सर्लाही : उखु क्रसिङ बन्द

सर्लाही, फागुन २५ गते । सर्लाहीको गोडैता नगरपालिकास्थित महालक्ष्मी चिनी उद्योग बगदहले यस वर्षका लागि उखु क्रसिङ बन्द गरेको छ । किसानले उखु ल्याउन छाडेपछि...

कर्मचारी अभावमा नागरिकको सेवा प्रभावित

ललिता साह सप्तरी, फागुन २४ गते । अत्यधिक भीडभाड हुने जिल्ला प्रशासन कार्यालय सप्तरीमा कर्मचारी अभावका कारण सेवाग्राहीको काम प्रभावित भएको छ । सुरुङ्गा– ८ का...

चामलसहितका कन्टेनर एक महिनादेखि भन्सारमै

खजुरा । विश्व खाद्य कार्यक्रमले नेपाल–भारत नेपालगन्ज जमुनाह नाकाबाट भित्र्याउन लागेको ५४ हजार किलो चामल गुणस्तरहीन भएको भन्दै नेपालगञ्ज भन्सार कार्यालयले रोकिदिएको छ । समुद्री...