२०७९ चैत्र १३ गते

अफगानिस्तान एसिया कपको सेमिफाइनलमा

एजेन्सी,भदौ १५ गते ।

अफगानिस्तानले एसिया कप टी–२० क्रिकेट अन्तर्गत समूह बी मा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ।

मंगलबार यूएईको सारजहाँमा भएको आफ्नो दोस्रो खेलमा अफगानिस्तानले बंगलादेशलाई ७ विकेटले स्तब्ध बनाउँदै अन्तिम चारमा स्थान पक्का गर्‍यो।

लगातार दुई जितसँगै अफगानिस्तान एसियाकपको सेमिफाइनलमा स्थान बनाउने पहिलो टिम समेत बन्यो। अब समूह बि बाट दोस्रो टिमको टुंगो श्रीलंका र बंगलादेश बिचको खेलले लगाउने छ।

मंगलबार टस जितेर पहिलो ब्याटिङ गर्दै बंगलादेशले अफगानिस्तानलाई १२८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा अफगानिस्तानले ९ बल बाँकी हुँदै ३ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

जवाफी इनिङमा अफगानिस्तानका लागि नजिवुल्लाह जाद्रानले १७ बला १ चौका र ६ छक्काको सहयोगमा सर्वाधिक ४३ रनको अविजित इनिङ खेल्दा इब्राहिम जाद्रानले ४१ बलमा ४२ रन बनाए। यी दुईबीच चौथो विकेटका लागि ६९ रनको अविजित साझेदारी भएको थियो।

त्यस्तै हज्रतुल्लाह जजाईले २३ रन बनाउँदा रहमनुल्लाह गुर्वाजले ११ रन बनाएका थिए। बंगलादेशका लागि शकिब अल हसन, मोसादेक होसेइन र मोहमद साइफुदिनले समान १–१ विकेट लिएका थिए।

त्यसअघि अफगानी बलरसामु निरीह देखिएको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२७ रन बनाएको थियो। बंगलादेशका लागि साडेक होसाइनले ४८ रन बनाउँदा ममुदुल्लाहले २५ रन बनाएका थिए।

महेदी हसनले १४ रन बनाउँदा अफिफ होसेनको १२ र कप्तान शकिब उल हसनको ११ रन रह्यो। कसिलो बलिङ गरेका अफगानिस्तानका लागि मुजिब उर रहमान र रसिद खानले समान ३३ विकेट लिएका थिए।

- Advertisement -

More articles

Leave a Reply

भर्खर

उपराष्ट्रपतिका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं : देशको नयाँ उपराष्ट्रपतिको आगामी चैत ३ गते हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बिहान ९...

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गयो

सप्तरी । सप्तरीमा मापसे गरि मोटरसाइकल चलाउँदा अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका २ लौनियाका...

सर्लाही : उखु क्रसिङ बन्द

सर्लाही, फागुन २५ गते । सर्लाहीको गोडैता नगरपालिकास्थित महालक्ष्मी चिनी उद्योग बगदहले यस वर्षका लागि उखु क्रसिङ बन्द गरेको छ । किसानले उखु ल्याउन छाडेपछि...

कर्मचारी अभावमा नागरिकको सेवा प्रभावित

ललिता साह सप्तरी, फागुन २४ गते । अत्यधिक भीडभाड हुने जिल्ला प्रशासन कार्यालय सप्तरीमा कर्मचारी अभावका कारण सेवाग्राहीको काम प्रभावित भएको छ । सुरुङ्गा– ८ का...

चामलसहितका कन्टेनर एक महिनादेखि भन्सारमै

खजुरा । विश्व खाद्य कार्यक्रमले नेपाल–भारत नेपालगन्ज जमुनाह नाकाबाट भित्र्याउन लागेको ५४ हजार किलो चामल गुणस्तरहीन भएको भन्दै नेपालगञ्ज भन्सार कार्यालयले रोकिदिएको छ । समुद्री...