२०७९ चैत्र १३ गते

बजाज खडक वारियर्सलाई सप्तरी प्रिमियर लिगको उपाधि

राजबिराज, चैत्र १४ गते ।
विवेक यादव कप्तानीको बजाज खडक वारियर्सले तेश्रो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधि जितेको छ।राज रंगशालामा सम्पन्न फाइनलमा वारियर्सले कुशल भुर्तेल कप्तानीको रुपनी राईडर्सलाई १ रनले पराजित गर्यो।

बजाज खडक वारियर्सले दिएको १४७ रनको लक्ष्य पछ्याउने क्रममा रुपनी राईडर्सले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १४५ रन बनाउन सक्यो। स्कोरकार्ड रुपनी राईडर्सको लागि निरज मुखियाले अविजित ५२ रन बनाए जुन क्रममा ३१ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। सुनिल धमलाले २३ रन, अमित यादवले १९ रन तथा कुशल भुर्तेलले १५ रन बनाए।

बजाज खडक वारियर्सको बलिंगमा अनिल खरेल र गोमानंद अमात्यले समान ३ विकेट लिए। खरेलले ४ ओभरमा १ मेडन ओभर गर्दै १० रन तथा अमात्यले ४ ओभरमा १८ रन खर्चिए। भुलावन सहानिले २ विकेट तथा पवन सर्राफले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको बजाज खडक वारियर्सले निर्धारित २० ओभरमा ६ विकेट क्षेतीमा १४६ रन बनाएको थियो।

वारियर्सको लागि ओपनर निरज यादवले सर्वाधिक ५१ रन बनाए जुन क्रममा ५० बलमा ४ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर अनिल शाहले २९ रन, कप्तान विवेक यादवले २२ रन तथा भुलावन सहानीले अविजित १३ रन बनाए।

पहिलो विकेटको लागि अनिल र निरजले ५८ रनको साझेदारी गरेका थिए।रुपनी राईडर्सको बलिंगमा दायाँ हाते फास्ट बलर अनिल यादवले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३४ रन खर्चिए। सुनिल धमला र कुशल भुर्तेलले समान १ विकेट लिए।उपाधि सहित बजाज खडक वारियर्सले ३ लाख रुपैयाँ हात पार्यो। यस्तै रुपनी राईडर्सले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो।

प्रतियोगिताकै उत्कृस्ट खेलाडी बजाज खडक वारियर्सका अनिल कुमार शाह चुनिए जसले २५ हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगितामा अनिलले २ वटा शतक र एउटा अर्धशतक प्रहार गर्दै ५ खेलमा कुल ३३४ रन बनाए। प्रतियोगिताकै उत्कृस्ट बलर बिशाल सुश्लिंग र उत्कृस्ट ब्याट्सम्यान अनिल शाह चुनिए जसले रु. १५ हजार प्राप्त गरे। विशालले प्रतियोगितामा ४ खेलमा ९ विकेट लिए।

विजेता खेलाडीहरुलाई राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह, रुपनी गाउँपालिकाका वडाध्यक्ष पिताम्बर यादव, राजविराज नगरपालिकाका वडाध्यक्ष जयनारायण मण्डल, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठ, क्रिकेट विकास प्रतिष्ठानका अध्यक्ष इन्द्रनरायण देव लगायत अतिथिहरुले पुरस्कार वितरण गर्नुभएको थियो।

- Advertisement -

More articles

Leave a Reply

भर्खर

उपराष्ट्रपतिका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं : देशको नयाँ उपराष्ट्रपतिको आगामी चैत ३ गते हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बिहान ९...

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गयो

सप्तरी । सप्तरीमा मापसे गरि मोटरसाइकल चलाउँदा अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका २ लौनियाका...

सर्लाही : उखु क्रसिङ बन्द

सर्लाही, फागुन २५ गते । सर्लाहीको गोडैता नगरपालिकास्थित महालक्ष्मी चिनी उद्योग बगदहले यस वर्षका लागि उखु क्रसिङ बन्द गरेको छ । किसानले उखु ल्याउन छाडेपछि...

कर्मचारी अभावमा नागरिकको सेवा प्रभावित

ललिता साह सप्तरी, फागुन २४ गते । अत्यधिक भीडभाड हुने जिल्ला प्रशासन कार्यालय सप्तरीमा कर्मचारी अभावका कारण सेवाग्राहीको काम प्रभावित भएको छ । सुरुङ्गा– ८ का...

चामलसहितका कन्टेनर एक महिनादेखि भन्सारमै

खजुरा । विश्व खाद्य कार्यक्रमले नेपाल–भारत नेपालगन्ज जमुनाह नाकाबाट भित्र्याउन लागेको ५४ हजार किलो चामल गुणस्तरहीन भएको भन्दै नेपालगञ्ज भन्सार कार्यालयले रोकिदिएको छ । समुद्री...