लालगढमा गौतम होटल धमाधम निर्माण हुँदै

बर्दिबास, माघ ११ गते । चार दशकदेखि ग्राहकलाई सेवा दिदैं आएको महोत्तरीको बर्दिबासस्थित गौतम होटलले धनुषाको लालगढमा सुविधासम्पन्न होटल धमाधम निर्माण गरिरहेको छ । युवा...
२०७८ माघ ११ गते

सुन्दर चित्रले सजिएको चित्रपुर !


-रोहित महतो
गाउँको चारैतीर लटरम्म फलेको आपँको बगैँचा । बगौँचामा रंगीबिरंगी चराचुरुंगीले दृष्य मनमोहक छ । बगैंचासँगै बाँस, सिमल, पिपल, सिसौ, भिक्स लगायतका रुख विरुवाले वातावरण अझै स्वच्छ र खुलेको छ । २ लेनको चिल्ला पक्की सडकमा सरर गाडी हुँइकिदै छ । सांस्कृतिक, प्राकृतिक, धार्मिक, भाषिक तथा परम्परागत रूपमा अब्बल छ मेरो गाउँ। सुन्दर, शान्त र विविधताले भरिपुर्ण यो हो ठाउँ हो मेरो प्रिय गाउँ चित्रपुर । जुन जनकपुरबाट करिब ३० किलोमिटर उत्तरपश्चिममा धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर १ मा पर्छ । सहरको तुलनामा जनसंख्या र सेवासुविधा अलि कम भएप्नि सौन्दर्य र विविधताले सबैको मन जित्छ। प्रदेश २ को परिवेशमा हेर्दा अन्य गाउँ तथा नगरभन्दा यहाँका धेरैजसो मानिस शिक्षित छन्। यहाँका अधिकांस मानिसले अहोरात्र परिश्रम गरेर खेती, किसानी लगायतका आफ्नो परम्परागत काम गर्छन् । गाउँको अधिकांस भागमा आँपको बगैँचा तथा रुखविरुवा लगाइएकाले थोरैमात्र जग्गामा यहाँ खेतीपाती हुन्छ । आँप, कटहर, लिची, अम्बा, सरिफा लगायतका फल आफ्ना आफ्नै बारीमा फलेपनि अन्य फलफुलको सन्दर्भमा भने यहाँ मानिस बजारमै आश्रित छन् । बारीमा फलाएका तरकारीले अधिकांसलाई पुगेपनि अन्नमा भने अधिकांस मानिस पर निर्भर छन् । खेतीपातीमै लाग्ने यस गाउँका मानिस पछिल्लो समय अन्य पेशा र व्यवसायमा समेत आफ्ना भविष्य खोज्दै छन् । र, त्यसमध्ये केहीले सफलता पनि पाएका छन् । तर रोजगारीको राम्रो अवसर नहुँदा दर्जनौ युवा विदेश पनि पलायन भएका छन् । गाउँमा खपडाको छानो भएको अधिकांस घर पक्की छन् । पुराना घर तोडेर धेरैजसोले धमाधम इटाको घर बनाउँदैछन् । घरघरै खानेपानीको धारा छ। घर नजिकै विद्यालय, स्वास्थ्यचौकी पनि छ। सबैको घरमा चर्पी छ। अन्य ठाउँका भन्दा यहाँका मानिसको मुटु ठूलो भएर होला न कहिल्यै कुनै जातपात केन्द्रित कुरा हुन्छ न धर्म र समुदाय विशेषकै । मलाई गर्व छ चित्रपुरबासी हुनुमा ।

- Advertisement -

More articles

Leave a Reply

भर्खर

लालगढमा गौतम होटल धमाधम निर्माण हुँदै

बर्दिबास, माघ ११ गते । चार दशकदेखि ग्राहकलाई सेवा दिदैं आएको महोत्तरीको बर्दिबासस्थित गौतम होटलले धनुषाको लालगढमा सुविधासम्पन्न होटल धमाधम निर्माण गरिरहेको छ । युवा...

राष्ट्रियसभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै

काठमाडौं, माघ ११ गते । राष्ट्रियसभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै छ । बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म सातै प्रदेशमा राष्ट्रिय सभाको...

मधेश सरकारले किन घडेरी खोज्दै छ ?

शैलेन्द्र महतो जनकपुरधाम, माघ ११ गते । मधेश प्रदेश सरकारले आफ्नो घर बनाउन घडेरीको खोजीमा जुटेको छ । हालै जनकपुरधाम स्थायी राजधानी तोकिए छ । जनकपुर...

गिरिराजमणि पोखरेलज्यू, सिंहदरबारको अधिकार कहिले आइपुग्छ ?

श्री गिरिराजमणि पोखरेलज्यू, श्री सारदा देवी थापाज्यू, श्री बिदुरकुमार कार्कीज्यू । महोदय,       भनिन्छ, सडक र पुलले ७० प्रतिशत विकाश गाडीमा बोकेर गाउँमा ल्याउँछ । मेरो...

ग्रामिण भेगको विकासका लागि समुदायमा आधारित विकासको मोडेलको खाँचो छ ः पूर्वशिक्षा मन्त्री पोखरेल

खयरमारा, माघ १० गते । ग्रामिण भेगको विकासका लागि समुदायमा आधारित विकासको मोडेलको खाँचो रहेको पूर्वशिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् । महोत्तरीको विकट गाउँ...