लालगढमा गौतम होटल धमाधम निर्माण हुँदै

बर्दिबास, माघ ११ गते । चार दशकदेखि ग्राहकलाई सेवा दिदैं आएको महोत्तरीको बर्दिबासस्थित गौतम होटलले धनुषाको लालगढमा सुविधासम्पन्न होटल धमाधम निर्माण गरिरहेको छ । युवा...
२०७८ माघ ११ गते

बनरझुल्ला मा.वि.मा कम्प्युटर साइन्सको पढाईको तयारी हुदैं

–हरिदेवमहतो
प्रधानाध्यापक
श्री राष्ट्रिय माध्यमिकविद्यालयपशुपतिनाथबनरझुल्ला
बर्दिबास ९ पशुपतिनगर, महोत्तरी

हाम्रो स्कूललाई प्रि–डिप्लोमा तहको कम्प्युटर साइन्सको सम्बधन प्राप्त भइसकेको छ । कक्षा संचालनकालागि सिटिईभिटी जनकपुरधामबाट भौतिक पूर्वाधारको स्थलगत अनुगमन भइसकेको छ । कक्षा संचालनका लागि हामीले अनुमति पनि पाइसकेका छौं । एसईईको नतिजा आएपछि हामी भर्ना लिन्छौं । एसईई परिक्षामा उत्तिर्ण भएका विद्यार्थीहरुले १८ महिने कोर्समा भर्ना हुन पाउने छन् ।हामीले एक शैक्षिक सत्रमा ४८ जना विद्यार्थीहरुलाई पढाउन सक्छौं ।

कक्षा संचालनका लागि हामीले कम्प्युटर ल्याब तयार गरिसकेका छौं ।शिक्षक भर्नाका लागि तयारी थालेका छौं । बर्दिबास नगरपालिकाको आर्थिक सहयोगमा चार वटा कक्षाकोठा निर्माण गरिसकेका छौं । कक्षा कोठामा विजुली बत्ति, पंखा जडानको काम भइसकेको छ । कक्षा कोठामा विद्यार्थी बस्नका लागि डेक्स र बेन्च बर्दिबास नगरपालिकासंग माग गरेका छौं ।

सीपमुखीशिक्षाको माग बढिरहेको छ । त्यसैले हामीपनिआधुनिकशिक्षाको सुरुवातगर्न विद्यालयमा कम्प्युटर बिषयको पढाई सुरु गर्न लागेकाहौं ।हालै प्रदेश सरकारको लगानीमा ६ कोठको भवननिर्माण थालेका छौं । बर्षातको कारणले कूल ४० लाख बजेट मध्ये २९ लाखको कामगर्न सफलभयौं । जनसहयोगीयुवा सञ्जाल बर्दिबासले स्थानीय स्तरबाट चन्दा संकलन गरेर ५३ लाखको लागतमा विद्यालय सौन्दर्यको काम गरेको छ । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका ९,पशुपतिनगरमा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्लामा बालउद्यान तथा बगैंचा निर्माणले स्कूल प्रति बालबालिका तथा अभिभावकहरुको आकर्षण बढेको छ । खेलमैदान, स्कूल परिषरको पक्की घेराबेरा, चौतारा निर्माणले विद्यालयले मुहार फेरेको छ । बाहिरको विद्यार्थी तथाशिक्षकहरुलाई बासको प्रबन्ध मिलाउन हामीले होस्टेल निर्माणको कामगर्ने योजना बनाएका छौं ।

विद्यालयमा खानेपानीको अभाव छ । हाम्रो स्कूलमा भएको बोरिङ्गमा जडान गरिएको विद्युतीय मोटर भित्रै खसेर पिउने पानीको समस्या सिर्जनाभएको छ ।हाम्रो स्कूलमा ६१० जनाविद्यार्थी छ ।आधुनिक शौचालय छैन । स्कूलसंग बजेट पनि छैन । सरकारले खानेपानी र राम्रो चर्पीको व्यवस्था छिट्टै गरिदिनु पर्छ ।

- Advertisement -

More articles

Leave a Reply

भर्खर

लालगढमा गौतम होटल धमाधम निर्माण हुँदै

बर्दिबास, माघ ११ गते । चार दशकदेखि ग्राहकलाई सेवा दिदैं आएको महोत्तरीको बर्दिबासस्थित गौतम होटलले धनुषाको लालगढमा सुविधासम्पन्न होटल धमाधम निर्माण गरिरहेको छ । युवा...

राष्ट्रियसभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै

काठमाडौं, माघ ११ गते । राष्ट्रियसभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै छ । बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म सातै प्रदेशमा राष्ट्रिय सभाको...

मधेश सरकारले किन घडेरी खोज्दै छ ?

शैलेन्द्र महतो जनकपुरधाम, माघ ११ गते । मधेश प्रदेश सरकारले आफ्नो घर बनाउन घडेरीको खोजीमा जुटेको छ । हालै जनकपुरधाम स्थायी राजधानी तोकिए छ । जनकपुर...

गिरिराजमणि पोखरेलज्यू, सिंहदरबारको अधिकार कहिले आइपुग्छ ?

श्री गिरिराजमणि पोखरेलज्यू, श्री सारदा देवी थापाज्यू, श्री बिदुरकुमार कार्कीज्यू । महोदय,       भनिन्छ, सडक र पुलले ७० प्रतिशत विकाश गाडीमा बोकेर गाउँमा ल्याउँछ । मेरो...

ग्रामिण भेगको विकासका लागि समुदायमा आधारित विकासको मोडेलको खाँचो छ ः पूर्वशिक्षा मन्त्री पोखरेल

खयरमारा, माघ १० गते । ग्रामिण भेगको विकासका लागि समुदायमा आधारित विकासको मोडेलको खाँचो रहेको पूर्वशिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् । महोत्तरीको विकट गाउँ...