२०७९ चैत्र १३ गते

बर्दिबासमा साहित्यिक माहौल बन्दै

बर्दिबास, असार २९ गते ।
महोत्तरीको बर्दिबासमा पछिल्लोसमय साहित्यिक माहौल बन्दै गएको छ । स्थानीय स्रष्टाहरुले साहित्यिक वातावरण बनाएका हुन् । बुधबार आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्तिका अवसरमा कविता प्रतियोगिताको आयोजना गरियो । उत्कृष्ट प्रतियोगीहरुलाई पुरस्कृत भए ।

महोत्तरीको बर्दिबासमा बर्दिबास हेल्प फाउण्डेशन र बर्दिबास छन्द चौतारीको संयुक्त आयोजनमा बुधबार गौतम होटलमा सम्पन्न अन्तरमाध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगिताका उत्कृष्ट छात्रछात्रा पुरस्कृत भएका हुन् । बर्दिबास नगरक्षेत्रका १२ माध्यमिक विद्यालयका ३६ छात्रछात्रा प्रतियोगितामा सहभागी थिए ।

प्रतियोगितामा सहभागी छात्र दिपेश भट्टराई, पुरुष्वत्तम बराल र छात्रा अनिशा माझी क्रमशः पहिला, दोस्रा र तेस्रा , भएका छन् । पहिला हुने भट्टराई, दोस्रा हुने बराल र तेस्रा हुने माझीलाई क्रमशः सातहजार, पाँच हजार र तीन हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको आयोजक मध्येको बर्दिबास हेल्प फाउण्डेशनका उपाध्यक्ष दानबहादुर विष्णु थापाले जानकारी दिनुभयो ।

त्यसैगरी छात्राहरु अमिशा खड्का, जेनिशा थापा, सम्झना झा र रेजिना काफ्लेले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । सान्त्वना पुरस्कारमा एक हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा सहभागी सबै छात्रछात्राले सहभागिता प्रमाणपत्र प्राप्त गरेका छन् । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तिमा पुरस्कार राशीसहितको प्रतियोगिता सम्पन्न भएको बर्दिबासमा सम्भवतः यो पहिलो पटक हो प्रतियोगितामा प्राज्ञहरु दिपक पौडेल, बिपीराज दाहाल र उद्धव आचार्यसम्मिलित निर्णायक मण्डल थियो ।

बर्दिबास छन्द चौतारीका नारायण घिमिरेले सञ्चालन गर्नुभएको कार्यक्रम मधेश प्रदेशसभा सदस्य शारदा थापाको प्रमुख आतिथ्य, बर्दिबास हेल्प फाउण्डेशनका सुमित्रा भट्टराईको संयोजन र बर्दिबास छन्द चौतारीका प्रेम घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।

- Advertisement -

More articles

Leave a Reply

भर्खर

उपराष्ट्रपतिका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं : देशको नयाँ उपराष्ट्रपतिको आगामी चैत ३ गते हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बिहान ९...

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गयो

सप्तरी । सप्तरीमा मापसे गरि मोटरसाइकल चलाउँदा अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका २ लौनियाका...

सर्लाही : उखु क्रसिङ बन्द

सर्लाही, फागुन २५ गते । सर्लाहीको गोडैता नगरपालिकास्थित महालक्ष्मी चिनी उद्योग बगदहले यस वर्षका लागि उखु क्रसिङ बन्द गरेको छ । किसानले उखु ल्याउन छाडेपछि...

कर्मचारी अभावमा नागरिकको सेवा प्रभावित

ललिता साह सप्तरी, फागुन २४ गते । अत्यधिक भीडभाड हुने जिल्ला प्रशासन कार्यालय सप्तरीमा कर्मचारी अभावका कारण सेवाग्राहीको काम प्रभावित भएको छ । सुरुङ्गा– ८ का...

चामलसहितका कन्टेनर एक महिनादेखि भन्सारमै

खजुरा । विश्व खाद्य कार्यक्रमले नेपाल–भारत नेपालगन्ज जमुनाह नाकाबाट भित्र्याउन लागेको ५४ हजार किलो चामल गुणस्तरहीन भएको भन्दै नेपालगञ्ज भन्सार कार्यालयले रोकिदिएको छ । समुद्री...