२०७९ चैत्र १३ गते

सांसद लक्ष्मी महतोको पक्षमा उत्रिए नागरिक समाज, झुठा मुद्दा फिर्ता गर्न मांग

जनकपुरधाम- एमालेबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधीसभा सदस्य लक्ष्मी महतोलाई पक्राउ गर्न सरकार माथी कांग्रेस सहितका दलहरुले दबाब दिइरहेका बेला जनकपुरधाममा सांसद महतोको पक्षमा प्रदर्शन भएको छ ।

नागरिक समाज जनकपुरधामको ब्यानरमा एक समुहले जनकपुरधाममा प्रदर्शन गर्दै जनताबाट निर्वाचित समाजसेवी समेत रहेका महतो माथी झुठा मुद्दा लगाइएको भन्दै मुद्दा फिर्ता गरि महतोलाई संसदमा जनताको हितमा काम गर्न दिन मांग गरेका छन् ।

मधेश आन्दोलनताका अगुवा समेत रहेका महतोलाई नियोजित तरिकाले फसाउन अहिले षडयन्त्र भइरहेको उनीहरुको आरोप छ । आफना क्षेत्र र महोतरी जिल्लामै जनताका सेवकको छवि बनाएका महतोलाई अहिले एमालेबाट जितेकै कारण विभिन्न शक्तिहरु फँसाउन लागि परेको उनीहरुको बुझाई छ । अप्रत्यासित रुपले जनताको मतबाट महतो जितेपछि उनी माथी षडयन्त्र सुरु भएको हो, जुलुसमा सहभागि एक युवा अगुवाले बताए ।

एकातिर थारुको मन जितेका अगुवा नेता रेशम चौधरीलाई फँसाएर जेलमा राखिएको र अव चुनाव जितेकाले नै महतोलाई पनि फँसाउने काम भइरहेको छ, उनीहरुको दावी छ । महतो सांसदमा हार्दा सम्म सबैको प्यारो तर आज जनप्रतिनिधी भइसके पछि अपराधी ? यसैले पनि दालमा काला सपष्ट भइरहेको उनीहरुको भनाई छ ।

चौधरी, महतो सहित जनतामा लोकप्रिय नेताहरु सहित मधेश आन्दोलनको क्रममा लगाइएका झुठा मुद्दाहरु तुरन्त फिर्ता गर्न उनीहरुले मांग गरेका छन् ।

- Advertisement -

More articles

Leave a Reply

भर्खर

उपराष्ट्रपतिका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं : देशको नयाँ उपराष्ट्रपतिको आगामी चैत ३ गते हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बिहान ९...

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गयो

सप्तरी । सप्तरीमा मापसे गरि मोटरसाइकल चलाउँदा अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका २ लौनियाका...

सर्लाही : उखु क्रसिङ बन्द

सर्लाही, फागुन २५ गते । सर्लाहीको गोडैता नगरपालिकास्थित महालक्ष्मी चिनी उद्योग बगदहले यस वर्षका लागि उखु क्रसिङ बन्द गरेको छ । किसानले उखु ल्याउन छाडेपछि...

कर्मचारी अभावमा नागरिकको सेवा प्रभावित

ललिता साह सप्तरी, फागुन २४ गते । अत्यधिक भीडभाड हुने जिल्ला प्रशासन कार्यालय सप्तरीमा कर्मचारी अभावका कारण सेवाग्राहीको काम प्रभावित भएको छ । सुरुङ्गा– ८ का...

चामलसहितका कन्टेनर एक महिनादेखि भन्सारमै

खजुरा । विश्व खाद्य कार्यक्रमले नेपाल–भारत नेपालगन्ज जमुनाह नाकाबाट भित्र्याउन लागेको ५४ हजार किलो चामल गुणस्तरहीन भएको भन्दै नेपालगञ्ज भन्सार कार्यालयले रोकिदिएको छ । समुद्री...