लालगढमा गौतम होटल धमाधम निर्माण हुँदै

बर्दिबास, माघ ११ गते । चार दशकदेखि ग्राहकलाई सेवा दिदैं आएको महोत्तरीको बर्दिबासस्थित गौतम होटलले धनुषाको लालगढमा सुविधासम्पन्न होटल धमाधम निर्माण गरिरहेको छ । युवा...
२०७८ माघ ११ गते

रेल चलाउँछु भन्नेहरु सबै फेल

शैलेन्द्र क्रान्ति-
जनकपुरधाम, साउन २८ गते ।-

१९ माघ २०७७ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली मुलुककै ठूलो ४ सय केभी सवस्टेसनको उद्घाटन गर्न धनुषाको ढल्केबर झरे । सोहि अवसरमा सम्बोधन गर्दे ओलीले आफु प्रधानमन्त्री भएदेखि देशमा विकासको लहर आएको र अब छिट्टै जनकपुर जयनगर रेलको उद्घाटन गर्न आउने उद्घोष गरे ।

‘जनकपुर जयनगर रेल अब सरर चाँडै गुड्छ । म आफै चाँडै कुनैदिन आएर जनकपुर जयनगर रेलको उद्घाटन गर्छु ।’ उनले सम्बोधनमा गर्जिदै भनेका थिए । तर, उनले घोषणा गरेको पाँचमहिनासम्म प्रधान्त्री हुँदा समेत रेल उद्घाटन गर्न सकेनन् । चाँडै रेल उदघाटन गर्छु भन्ने उनको धोको गएको असार २८ गते सर्वोच्च अदालतको परमादेशले तुहियो । सर्वोच्चको परमादेशमा देउवा प्रधामन्त्री हुँदा ओली पदमुक्त भए ।

त्यसअघि ओलीकै पालामा २ असोज २०७७ मा भारतीय कम्पनी कर्पोरेसनबाट ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरिएको दुइ सेट रेल तामझामसहित जयनगरबाट नेपाली झण्डा हल्लाउँदै जनकपुर आयो । नागरिक निकै उत्साहित भए। धनुषाको इनरुवादेखि जनकपुरको कुर्था स्टेसनसम्म रेल हेर्न र स्वागतका लागि यस भेगका नागरिकको लाम नै लागेको थियो।

खासमा त्यो दिन रेल निर्माण कम्पनीले जनकपुरमा नेपाल रेल्वे कम्पनीलाई दुई सेट रेल हस्तान्तरण कार्यक्रम थियो। रेल हस्तान्तरण कार्यक्रमका मुख्य अगुवा थिए नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराई। उनी काठमाडौंबाट रेल बुझ्न जनकपुर आएका थिए। रेल ग्रहण गर्दै महाप्रबन्धक भट्टराईले भनेका थिए, ‘रेल सञ्चालनको लाग संरचना तयारी अवस्थामा छ। अब जनशक्ति भर्ना गरी दसैँ वा दुई महिना भित्र रेल सञ्चालन गर्छौं।’

वर्षौंदेखि बहुप्रतिक्षित देशको एक मात्र रेलमा चाँडै सरर्र यात्रा गर्न पाउने धोको बोकेका नागरिक ताली ठोक्दै, फोटो र सेल्फी खिच्दै खुसीले उत्सव मनाउँदै थिए, यता दुई वटै सेट रेल धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा फर्काएर पार्किङ गरी त्रिपाल ओढाएर थन्काइयो।

नेपाल रेल्वे कम्पनीले चार दिनअघि नै २९ भदौ २०७७ मा रेल सञ्चालनको निम्ति प्रशासनिक, प्राविधिकसहितका १२९ कर्मचारी भर्नाको लागि विज्ञापन आह्वान गरेको थियो। जसमा ३२ हजार ६८६ जनाले आवेदन दिए। लिखित र मौखिक परीक्षाको माध्यमबाट कर्मचारी चाँडै छनोट र रेल सञ्चालन गर्ने महाप्रबन्धक भट्टराईले झण्डै एकवर्ष पुग्न लाग्दा समेत सो विषयका केही गर्न सकेनन्।

११ महिनादेखि पार्किङमा छोपेर राखिएको रेल हावापानीले त्रिपाल च्यातिएर उघ्रि सकेको छ। तर, विभिन्न समयमा अब, तब, चाँडै रेल सञ्चालन गर्छु भनेर आश्वासन दिने महाप्रबन्धक भट्टराई चलाउनै नसकी बुधबार पदमुक्त भए ।

केपी ओलीका खाँटी समर्थक भएकै कारण तत्कालिन ओली सरकारले उनलाई रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेको थियो। देउवा सरकारले स्पष्टीकरण सोधेपछि महाप्रबन्धक पदबाट भट्टराईले राजीनामा दिएका हुन्। तर उनी आफ्नो पालामा रेल चलाउन ओली जस्तै असफल रहे।

ओली र गुर भट्टराई मात्र होइनन् वर्षौंदेखि चाँडै रेल चलाउने आश्वासन र विभिन्न सार्वजनिक कार्यक्रममा भाषण गर्ने तत्कालिन ओली सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र दोश्रो पटकको मन्त्री बसन्त नेम्वाङको पालामा पनि रेल चल्न सकेन।

ओली सरकारले रेल सञ्चालनलाई पनि आफ्नो मुख्य प्राथमिकतामा राखेको थियो भने कुनैपनि सार्वजनिक कार्यक्रममा उनले रेल चलाउने विषयमा भाषणबाजी गर्न बिर्सेनन्। तर उनीहरु आफ्नो पालामा रेल चलाउन असफल नै सावित भए। त्यति मात्र होइन तीन वर्षदेखि चाँडै रेल चल्ने भनेर संचार माध्यममा पटक पटक अभिव्यक्ति दिने रेल विभागका महाप्रबन्धक बलराम मिश्र पनि केही महिनाअघि नै पद मुक्त भइसकेका छन्। उनलाई ओली सरकारले नै रेल विभागको महानिर्देशकमा नियुक्त गरेको थियो।

रेल चलाउँछु भन्नेहरु सबै जिम्मेवारीबाट पदमुक्त भइसक्दा समेत रेल कहिले सञ्चालन हुने अझै अन्योलता कायमै छ। पार्किङमा त्रिपालको घुम्टो च्यातिएको रेल खुला आकाशमुनि वर्षाले भिजेर पार्ट पुर्जामा खिया लाग्न थालेको छ।सभार ः टुडे पार्टी

- Advertisement -

More articles

Leave a Reply

भर्खर

लालगढमा गौतम होटल धमाधम निर्माण हुँदै

बर्दिबास, माघ ११ गते । चार दशकदेखि ग्राहकलाई सेवा दिदैं आएको महोत्तरीको बर्दिबासस्थित गौतम होटलले धनुषाको लालगढमा सुविधासम्पन्न होटल धमाधम निर्माण गरिरहेको छ । युवा...

राष्ट्रियसभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै

काठमाडौं, माघ ११ गते । राष्ट्रियसभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै छ । बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म सातै प्रदेशमा राष्ट्रिय सभाको...

मधेश सरकारले किन घडेरी खोज्दै छ ?

शैलेन्द्र महतो जनकपुरधाम, माघ ११ गते । मधेश प्रदेश सरकारले आफ्नो घर बनाउन घडेरीको खोजीमा जुटेको छ । हालै जनकपुरधाम स्थायी राजधानी तोकिए छ । जनकपुर...

गिरिराजमणि पोखरेलज्यू, सिंहदरबारको अधिकार कहिले आइपुग्छ ?

श्री गिरिराजमणि पोखरेलज्यू, श्री सारदा देवी थापाज्यू, श्री बिदुरकुमार कार्कीज्यू । महोदय,       भनिन्छ, सडक र पुलले ७० प्रतिशत विकाश गाडीमा बोकेर गाउँमा ल्याउँछ । मेरो...

ग्रामिण भेगको विकासका लागि समुदायमा आधारित विकासको मोडेलको खाँचो छ ः पूर्वशिक्षा मन्त्री पोखरेल

खयरमारा, माघ १० गते । ग्रामिण भेगको विकासका लागि समुदायमा आधारित विकासको मोडेलको खाँचो रहेको पूर्वशिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् । महोत्तरीको विकट गाउँ...