लालगढमा गौतम होटल धमाधम निर्माण हुँदै

बर्दिबास, माघ ११ गते । चार दशकदेखि ग्राहकलाई सेवा दिदैं आएको महोत्तरीको बर्दिबासस्थित गौतम होटलले धनुषाको लालगढमा सुविधासम्पन्न होटल धमाधम निर्माण गरिरहेको छ । युवा...
२०७८ माघ ११ गते

रेलको मुआब्जा नपाएपछि बर्दिबासका स्थानीय आन्दोलित

काठमाडौं, साउन ३० गते ।
सात बर्ष बित्दा पनि सरकारले अधिग्रण गरेको जग्गाको मुआब्जा नदिएपछि महोत्तरीको बर्दिबासका स्थानीय आन्दोलित बनेका छन् ।सात वर्ष अघि सरकारले रेल्वे स्टेसन बनाउन ५७ विघा जग्गा रोक्का गरेको थियो ।मुआब्जाको माग गर्दै उनीहरुले चरणबद्ध आन्दोलन घोषणा गरेका छन् । आईतबार ईलाका प्रशासन कार्यालय बर्दिबासमा माग सम्बोधनका लागि ज्ञापन पत्र बुझाउन लागेका छन् । मंगलबार कार्यालय घेराउ तथा धर्ना दिन लागेका छन् । ल्वे स्टेशन बन्ने भएपछि गाउँलेहरु गाउँलेहरु खुशी भएका थिए । तर, अहिलेसम्म स्टेशन बन्न सकेको छैन । मुआब्जा नपाएपछि २ सय किसान पिरोलिएका छन् । चलनचलतीको मूल्यमा तुरुन्त मुआब्जा दिइनु पर्ने उनीहरुको अडान छ । तर, सरकारले मुआब्जाको टुङ्गो लगाएको छैन ।

रेल्वे मुआब्जा पीडित संघर्ष समितिका संयोजक राजु खड्का अनुसार, आन्दोलनमा स्थानीय सर्वपक्षिय राजनीतिक दलहरुले ऐक्यबद्धता छ ।चाँडो भन्दा चाँडो चलनचलती मूल्यमा किसानलाई मुआब्जा दिनु पर्ने आफुहरुको माग रहेको संयोजक खड्का बताउँछन् ।मुआब्जा नदिने हो भने किसानको रोक्का गरि राखिएको जग्गा फुकुवा गरिनु पर्ने आन्दोलनकारीको माग छ ।

किसानले मागे अनुसार मुआब्जा दिने हो भने दुई अर्ब २५ करोंड सरकारले खर्चिनु पर्छ । रेल्वे पीडितहरु कठ्ठाको न्यूनतम ३० लाखदेखि अधिकतम साँवा करोंडसम्म माग गरेका छन् ।तर, ईलाका प्रशासन कार्यालय बर्दिबास कठ्ठाको १२ लाखदेखि ४० लाखसम्म मात्रै दिने सिफारिस गर्न लागेको प्रदेश सभा सदस्य सारदा देवी थापाले बताइन् ।
‘सरकारले किसानको जमिन रोक्का गरेर राखेको छ,’उनले भने,‘तर, बजार अनुसारको मुआब्जा नदिने हो भने उठिबास हुनेहरुले फेरि बर्दिबासमा जग्गा किनेर घर बनाउन सक्दैंन ।’विकासले जनतालाई सुःखी र खुसी बनाउनु पर्ने उनले बताइन् ।

ब्रोडगेज रेल सेवा संचालनका लागि जयनगर– जनकपुर –कुर्था—भंगहासम्म लिक बनिसकेको छ । मुआब्जा विवादले भंगहा—बर्दिबाससम्मको लिक र स्टेशन बन्न सकेको छैन ।मुआब्जा निर्धारणका लागि उप—समिति गठन गरेर काम भइरहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी तिर्थ भट्टराईले बताए ।ं छिट्टै किसानललाई मुआब्जा दिने गरि काम भइरहेको उनले दावी गरे ।

सरकारले गत असोजमै २ सेट रेल खरिद गरेको थियो । दक्ष कर्मचारी र मुआब्जाको समस्या रेल गुडाउन सकिएको छैन ।सन् २०१४ मा भारत सरकारसँगको सम्झौतामा भारतकै रु ७ अर्ब २० करोड अनुदानमा जयनगर–जनकपुर–बर्दिबास खण्डमा ब्रोडजेग रेल्वेको पूर्वधार निर्माणको काम थालिएको थियो ।सन् २०१९ मै सकिनु पर्ने समय सीमा थियो ।तर, सन् २०२१ लाग्दा पनि पूर्वधारको काम अधुरै छ ।

 

- Advertisement -

More articles

Leave a Reply

भर्खर

लालगढमा गौतम होटल धमाधम निर्माण हुँदै

बर्दिबास, माघ ११ गते । चार दशकदेखि ग्राहकलाई सेवा दिदैं आएको महोत्तरीको बर्दिबासस्थित गौतम होटलले धनुषाको लालगढमा सुविधासम्पन्न होटल धमाधम निर्माण गरिरहेको छ । युवा...

राष्ट्रियसभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै

काठमाडौं, माघ ११ गते । राष्ट्रियसभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै छ । बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म सातै प्रदेशमा राष्ट्रिय सभाको...

मधेश सरकारले किन घडेरी खोज्दै छ ?

शैलेन्द्र महतो जनकपुरधाम, माघ ११ गते । मधेश प्रदेश सरकारले आफ्नो घर बनाउन घडेरीको खोजीमा जुटेको छ । हालै जनकपुरधाम स्थायी राजधानी तोकिए छ । जनकपुर...

गिरिराजमणि पोखरेलज्यू, सिंहदरबारको अधिकार कहिले आइपुग्छ ?

श्री गिरिराजमणि पोखरेलज्यू, श्री सारदा देवी थापाज्यू, श्री बिदुरकुमार कार्कीज्यू । महोदय,       भनिन्छ, सडक र पुलले ७० प्रतिशत विकाश गाडीमा बोकेर गाउँमा ल्याउँछ । मेरो...

ग्रामिण भेगको विकासका लागि समुदायमा आधारित विकासको मोडेलको खाँचो छ ः पूर्वशिक्षा मन्त्री पोखरेल

खयरमारा, माघ १० गते । ग्रामिण भेगको विकासका लागि समुदायमा आधारित विकासको मोडेलको खाँचो रहेको पूर्वशिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् । महोत्तरीको विकट गाउँ...