लालगढमा गौतम होटल धमाधम निर्माण हुँदै

बर्दिबास, माघ ११ गते । चार दशकदेखि ग्राहकलाई सेवा दिदैं आएको महोत्तरीको बर्दिबासस्थित गौतम होटलले धनुषाको लालगढमा सुविधासम्पन्न होटल धमाधम निर्माण गरिरहेको छ । युवा...
२०७८ माघ ११ गते

बर्दिबासको रेल्वे स्टेसनको मुआब्जा निर्धारण

ठोस खबर सम्बादता
बर्दिबास, भदौं ३ गते ।

रेल्वे स्टेसन बनाउन सरकारले महोत्तरीको बर्दिबासका अधिग्रहण गरेको जग्गाको मुआब्जा निर्धारण गरिएको छ। २०७३ सालदेखि किसानको करिब ५७ विघा जग्गा रोक्का राखिएको थियो।

रेल्वेको स्टेसनभित्र अधिग्रहणमा परेको जग्गाको ३२ शीर्षकमा विभाजित गरेर कठ्ठाको  ७ लाखदेखि ८० लाखसम्म मुआब्जा निर्धारण गरिएको जग्गा मुआब्जा निर्धारण गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए। योसँगै रेल्वे स्टेशन निर्माणको बाटो खुलेको छ।

शुक्रबार १५ दिने दावी विरोध सम्बन्धी सूचना प्रकाशन गरिने छ। ६ वटा सिडिओ फेरिदा पनि जग्गाको मुआब्जा समस्या समाधान हुन सकेको थिएन। ६ महिना अघि महोत्तरीको सिडिओको रुपमा आएका भट्टराईले खटेर किसानको समस्या समाधान गरेको स्थानीय पोषण थापाले जनाए।

रेल्वे पीडितहरुले कठ्ठाको न्यूनतम ३० लाखदेखि अधिकतम १ करोड २५ लाखसम्म माग गरेका थिए। ब्रोडगेज रेल सेवा संचालनका लागि जयनगर– जनकपुर –कुर्था—भंगहासम्म लिक बनिसकेको छ। मुआब्जा विवादले भंगहा—बर्दिबाससम्मको लिक र स्टेशन बन्न सकेको थिएन।

सन् २०१४ मा भारत सरकारसँगको सम्झौतामा भारतकै रु ७ अर्ब २० करोड अनुदानमा जयनगर–जनकपुर–बर्दिबास खण्डमा ब्रोडजेग रेल्वेको पूर्वधार निर्माणको काम थालिएको थियो। सन् २०१९ मै सकिनु पर्ने समय सीमा थियो।तर, मधेश आन्दोलन, भूकम्प र बाढी, करोना संक्रमण, मुआब्जा विवादले परियोजनाका पुरा हुन सकेको छैन।

जग्गाको मुआब्जा विवाद टुंगिएसँगै बर्दिवासका करिब डेढ सय व्यक्तिलाई सरकारले २ अर्ब ३० करोड मुआब्जा बापतको रकम वितरण गर्नेछ । बर्दिवासको मुआब्जा विवाद टंगिनुलाई सकारात्मक रुपमा लिएर अघि बढ्नुपर्ने स्थानीयको भनाइ छ ।

- Advertisement -

More articles

Leave a Reply

भर्खर

लालगढमा गौतम होटल धमाधम निर्माण हुँदै

बर्दिबास, माघ ११ गते । चार दशकदेखि ग्राहकलाई सेवा दिदैं आएको महोत्तरीको बर्दिबासस्थित गौतम होटलले धनुषाको लालगढमा सुविधासम्पन्न होटल धमाधम निर्माण गरिरहेको छ । युवा...

राष्ट्रियसभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै

काठमाडौं, माघ ११ गते । राष्ट्रियसभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै छ । बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म सातै प्रदेशमा राष्ट्रिय सभाको...

मधेश सरकारले किन घडेरी खोज्दै छ ?

शैलेन्द्र महतो जनकपुरधाम, माघ ११ गते । मधेश प्रदेश सरकारले आफ्नो घर बनाउन घडेरीको खोजीमा जुटेको छ । हालै जनकपुरधाम स्थायी राजधानी तोकिए छ । जनकपुर...

गिरिराजमणि पोखरेलज्यू, सिंहदरबारको अधिकार कहिले आइपुग्छ ?

श्री गिरिराजमणि पोखरेलज्यू, श्री सारदा देवी थापाज्यू, श्री बिदुरकुमार कार्कीज्यू । महोदय,       भनिन्छ, सडक र पुलले ७० प्रतिशत विकाश गाडीमा बोकेर गाउँमा ल्याउँछ । मेरो...

ग्रामिण भेगको विकासका लागि समुदायमा आधारित विकासको मोडेलको खाँचो छ ः पूर्वशिक्षा मन्त्री पोखरेल

खयरमारा, माघ १० गते । ग्रामिण भेगको विकासका लागि समुदायमा आधारित विकासको मोडेलको खाँचो रहेको पूर्वशिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् । महोत्तरीको विकट गाउँ...