लालगढमा गौतम होटल धमाधम निर्माण हुँदै

बर्दिबास, माघ ११ गते । चार दशकदेखि ग्राहकलाई सेवा दिदैं आएको महोत्तरीको बर्दिबासस्थित गौतम होटलले धनुषाको लालगढमा सुविधासम्पन्न होटल धमाधम निर्माण गरिरहेको छ । युवा...
२०७८ माघ ११ गते

बाध्यताले जादैं छु परदेशमा

राजकरण महतो । काठमाडौं
महोत्तरीको बर्दिबासका २३ वर्षीय केदार धमला २ वर्षअघि विदेशमा ठगिएका थिए । बिरानो भूमीमा पाएको दुःख र एजेन्टले झुक्याएको उनी सम्झन चाहाँदैनन् । ‘६ महिनामै भागेर मलेसियाबाट २ वर्ष पहिले नेपाल आएँ । कम्पनीमा भनेर एजेन्टले पठायो । त्यहाँ पुग्दा कन्ट्रयाकमा हामीलाई जाकियो । कहिले तलव नदिने । कहिले खान नदिने ।’ जे पर्ला पर्ला भनेर पासपोर्ट छाडेर फर्किएको उनले सुनाए ।

‘तर के गर्ने । यो महामारीले पनि गरिवलाई नै रूवायो । सयकडा ३ मा ऋण खोजेर त्यहिँ बिरानो ठाउँमा जान लागेको छु,’केदाले भने । त्यसका लागि उनी शनिबार साँझै बस चढेर ६ बजे राजधानी उत्रेका थिए । राहदानी बनाउन उनी राहदानी विभाग पुगेका थिए ।

सर्लाही वरहथवा—३ का २६ वर्षीय राम विनायक ठाकुर राहदानी लिन बसेको लामको बिचमा थुचुक्क बसेका थिए । ‘उभिँदा उभिँदा कुर्कुचा दुखेर बसेको । विदेश जाने प्रोसेस पनि कति झन्झटिलो । २ घण्टा माथी लाइन बसेर राहदानीको अनलाइन फारम भरेर आएको,’ उनी भन्दै थिए, ‘यहाँ कति बेर लाग्ने हो ।’ कार्पेन्टर सीप सिकेका रहेछन् । नेपालमा कतै काम नपाएपछि साउदी अरेबिया जाने तरखरमा छन् ।

भदौरे झरी बर्षंदो थियो । निथु्रकै भिजेर पनि आँखा मिच्दैं लाममा थिए म्याग्दीको रघुगंगाका ३२ वर्षीय रेशम परियार । नारायण हिटीस्थित राहदानी विभागको गेटमा उनी बिहानै ४ बजे भेटिए । विदेश जान परियार पासपोर्ट नवीकरण गर्न आएका रहेछन् । दुई सय किलो मिटर मोटरसाइकल कुदाएर आएका थिए । बाटाभरी पानीले चुट्यो । ७ घण्टामा काठमाडौं टेकेका उनी लखतरान देखिन्थें । ‘५० लाख खर्च गरेर ब्राखा पालन गरेको थिएं । कोरोना महामारी अघि रोगले एकै पटक ५० वटा बाख्रा मरे । त्यसपछि मेरो मन पनि म¥यो,’ उनले भने, ‘ऋणको कुरौं नगरौं, फर्म ऋणमै छ । कोही साँहुको त कोही बैंकको ऋण छ ।’ टाउमा थपिएको ऋणले उनको निद्रा र भोक हराएको छ ।

‘कोरोनाले देश बन्द छ । रोजगारी छैन । ऋण तिर्नै पर्ने छ । विदेश नगएर के गर्नु ?’ उनको प्रश्न छ, ‘राहदानी रिन्यू गर्न आधा रातदेखि लाइनमा छु । काम हुन्छ कि हुदैंन ठेगान छैन ।’उनी फेरि ऋण काढेर बाध्यताले परदेश जान लगेका छन् ।

बाराको कलैयाका ३० बर्षीय सदाम अन्सारी नवीकरण गरेको राहदानी लिदै थिए ।उनी पनि रहर काँ हुनु बाध्यताले खाडी जान लगेका हुन् । ‘पहिले मलेसिया ३ वर्ष बसें । कम्पनीले पैसा दिएन । अनि भागेर नेपाल फर्किएँ,’ उनले भने, ‘आएर ६ लाख ऋण खोजेर गार्मेन्टमा लगानी गरें । लकडाउनले चलाउन सकिएन । रोगले भन्दा भोकले मर्ने अवस्था आयो । के गर्ने बाध्यताले साउदी अरेबिया जान लागेको छु ।’

सर्लाहीका २२ वर्षीय रूद्रमान गोलेलाई पनि गरिबीले सताएको छ । उनी पनि राहदानी लिन लाममा छन् । ‘दुर्घटनामा बुबाको खुट्टा भाँचियो । पैसा थिएन,’ उनले भने, ‘ऋण काढेर उपचार ग¥यौं । त्यहि कर्जा तिर्न विदेश जान लाग्दैछु ।’
लकडाउनका कारण विदेश जाने तयारीका लागि राहदानी बनाउने क्रम बढेको राहदानी विभागका प्रवक्त राजेन्द्र पाण्डेले बताए । दैनिक ६—८ युवाहरु राहदानी लिन आउने गर्दा साउन महिनामा मात्रै ५० हजार ९४९ जनाले नयाँ राहदानी विभागबाट लिएका छन् ।

- Advertisement -

More articles

Leave a Reply

भर्खर

लालगढमा गौतम होटल धमाधम निर्माण हुँदै

बर्दिबास, माघ ११ गते । चार दशकदेखि ग्राहकलाई सेवा दिदैं आएको महोत्तरीको बर्दिबासस्थित गौतम होटलले धनुषाको लालगढमा सुविधासम्पन्न होटल धमाधम निर्माण गरिरहेको छ । युवा...

राष्ट्रियसभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै

काठमाडौं, माघ ११ गते । राष्ट्रियसभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै छ । बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म सातै प्रदेशमा राष्ट्रिय सभाको...

मधेश सरकारले किन घडेरी खोज्दै छ ?

शैलेन्द्र महतो जनकपुरधाम, माघ ११ गते । मधेश प्रदेश सरकारले आफ्नो घर बनाउन घडेरीको खोजीमा जुटेको छ । हालै जनकपुरधाम स्थायी राजधानी तोकिए छ । जनकपुर...

गिरिराजमणि पोखरेलज्यू, सिंहदरबारको अधिकार कहिले आइपुग्छ ?

श्री गिरिराजमणि पोखरेलज्यू, श्री सारदा देवी थापाज्यू, श्री बिदुरकुमार कार्कीज्यू । महोदय,       भनिन्छ, सडक र पुलले ७० प्रतिशत विकाश गाडीमा बोकेर गाउँमा ल्याउँछ । मेरो...

ग्रामिण भेगको विकासका लागि समुदायमा आधारित विकासको मोडेलको खाँचो छ ः पूर्वशिक्षा मन्त्री पोखरेल

खयरमारा, माघ १० गते । ग्रामिण भेगको विकासका लागि समुदायमा आधारित विकासको मोडेलको खाँचो रहेको पूर्वशिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् । महोत्तरीको विकट गाउँ...