२०७९ चैत्र १३ गते

मटिहानीमा मिथिला माध्यमिक परिक्रमाको उल्लास (भिडियो)

जनकपुरधाम, फागुन २२ गते । 

मिथिलाञ्चलका बहुचर्चित सांस्कृतिक उत्सव तथा लामो धार्मिक पदयात्राका रुपमा चिनिने मिथिला परिक्रमाका तीर्थयात्री आज महोत्तरीको मटिहानी आइपुगेका छन् । भारत विहारको गिरिजा स्थानबाट श्रद्धालु भक्तजन आइतबार विहान मटिहानी आइपुगेका हुन् ।

यात्रीलाई स्वागत गर्नका लागि प्रमुख जिल्ला अधिकारी, प्रहरीका प्रमुखहरु विश्रामस्थल पुगेको मटिहानी नगरपालिका मेयर हरिप्रसाद मण्डलले जानकारी दिए । परिक्रमा यात्रीको स्वागतमा आज एक दिन नगरभरका विद्यालय लगायतका सार्वजनिक संघ–संस्थामा बिदाको प्रवन्ध मिलाइएको उनले बताए ।

परिक्रमायात्रीलाई ध्यानमा राख्दै खानेपानी, बाँस र सुरक्षाको दक्ष प्रवन्ध मिलाइएको मण्डलको भनाइ छ। नगरको विभिन्न स्थानमा स्वागतद्वार बनाउनुको साथै नगरलाई चिटिक्क रुपमा सजाइएको छ।

सम्पुर्ण सुविधाको ख्याल गरि मर्करी लाइटले झकिझकाउ बनाइएको छ मटिहानी । यहाँ मानवसँगै पशु समेत परिक्रमाको क्रममा आउने गरेकाले पशुको समेत स्वास्थय शिविर संचालन गरिएको मेयर मण्डलले जनाए । ‘यहाँका पोखरी पनि सरसफाई रिएको छ । स्थानीय र मठले मिलेर तिर्थालुका लागि निःशुल्क भोजनको व्यवस्था गरिएको छ,’ उनले भने, ‘सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग पनि हामीले समन्वय गरेका छौँ ।’ भक्तजनको आगमनले हरेक वर्ष मटिहानीका जनता उत्साहित हुने गरेको उनले बताए ।

मटिहानी पूरातात्विक महत्वका १२ वटा मन्दिर तथा आठ वटा पोखरी भएको घना बस्ती हो । नेपालमा संस्कृतको पढाइ हुने ठाउँका रुपमा परिचित मटिहानीमा एउटा पुरानो संस्कृत महाविद्यालय तथा मठ छन् । त्यसपछि पाँचौँ दिन मिथिला परिक्रमाका यात्री यस दिन जलेश्वरनाथ महादेवको दर्शन गर्न महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर आइपुग्नेछ ।

छैटौँ दिन यात्री जलेश्वरबाट मडई आइपुग्छन् । यहाँ मुनेश्वर महादेवको मन्दिर तथा दुई वटा आकर्षक पोखरी छन् । सातौँ दिनको विश्रामस्थल धु्रव कुण्ड हो । यहाँ धु्रवजीको मन्दिर छ । आठौँ दिन यात्रीको आठौँ दिनको गन्तव्य कञ्चनवन हरिणमरी तथा हरिशपुर नजिकै पर्छ । यहाँ सीतारामको मन्दिर छ ।

त्यसैगरि नवौँ दिनको विश्रामस्थल पर्वता हो । यहाँ हनुमानजीको विशाल मन्दिर छ । पर्वता पुग्नुपूर्व भक्तजनले हरिहरपुरस्थित क्षीरेश्वरनाथ महादेव स्थानमा पूजा अर्चना गर्छन् । दसौँ दिन यात्री धनुषाधाम आइपुग्छन् । सीताजीसँग स्वयम्बर हुनुअघि भगवान् रामले तोडेको धनुषका एक टुक्रा यहाँ खसेको जनविश्वास छ । यो ठाउँ धनुष दर्शनका लागि प्रख्यात छ । विवाह पञ्चमी तथा रामनवमीका बेला पनि ठूलो मेला लाग्ने धनुषाधामस्थित पोखरी, वाणगङ्गा नदी एवं उत्तरपट्टी करिब ५०० बिघामा फैलिएको घना वन क्षेत्रको यो ठाउँलाई विशेष रमणीय बनाएको छ ।

यहाँ माघ महिनाको प्रत्येक आइतबार मकर मेला लाग्छ । एघारौँ दिन यात्रीको गन्तव्य सतोषर हो । राममन्दिर र पोखरी रहेको यो ठाउँमा असार साउन महिनामा बोलबम तथा झूला पर्व पनि मनाइन्छ । बा¥हौँ दिन तिर्थालुको गन्तव्य औरही हो । जनकपुर जयनगर रेल्वेको तेस्रो विसौनी वैदेही नजिकै रहेको औरहीमा भक्तजन कमला नदीमा स्नान गरी रामजानकी मन्दिरको दर्शन गर्छन् । ते¥हौँ दिन भारतको विशौल परिक्रमा यात्रीको गन्तव्य हो ।

चौधौँ दिन परिक्रमाका यात्री करुणा भन्ने स्थानमा आइपुग्छन् । यो कल्याणेश्वर नजिकै पर्दछ । पन्ध्रौँ दिन परिक्रमाका यात्री जनकपुर आइपुग्छन् । यो यात्राका अन्तिम दिन हो । फागुपूर्णिमाको सन्ध्यामा जनकपुरमा विश्राम गरी पूर्णिमाको बिहानै जनकपुरको पञ्चकोसी परिक्रमा ९अन्तगृह० पछि श्रद्धालु जानकी मन्दिरलगायत अन्य मठ,मन्दिरमा दर्शन, पूजन गरी घर फर्कन्छन् । यसरी मिथिला परिक्रमाको १५ दिने यात्रा समाप्त हुन्छ ।

परिक्रमा यात्रीका लागि बाटोमा पर्ने विभिन्न स्थानमा पानी, सर्वत, नास्ता, औषधि आदिको व्यवस्था गरिएको हुन्छ । परिक्रमामा सहभागी हजारौँ यात्रु र सो अवसरमा डोला विश्राम गर्ने मेलामा सहभागी लाखौँ श्रद्धालु भक्तजनको भीडलाई व्यवस्थित तथा नियन्त्रण गर्न सरकारी र गैरसरकारी क्षेत्रका संस्था प्रयासरत रहेका हुन्छन् । महाशिवरात्रि सम्पन्नलगत्तै प्रारम्भ हुने धार्मिक यात्रा होली खेलेर समापन गर्ने परम्परा छ । यो परिक्रमाले रामायणका धेरैजसो पक्ष अनि तीसँग सम्बन्ध राख्ने स्थान र अवयव छुने गर्दछ ।

- Advertisement -

More articles

Leave a Reply

भर्खर

उपराष्ट्रपतिका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं : देशको नयाँ उपराष्ट्रपतिको आगामी चैत ३ गते हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बिहान ९...

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गयो

सप्तरी । सप्तरीमा मापसे गरि मोटरसाइकल चलाउँदा अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका २ लौनियाका...

सर्लाही : उखु क्रसिङ बन्द

सर्लाही, फागुन २५ गते । सर्लाहीको गोडैता नगरपालिकास्थित महालक्ष्मी चिनी उद्योग बगदहले यस वर्षका लागि उखु क्रसिङ बन्द गरेको छ । किसानले उखु ल्याउन छाडेपछि...

कर्मचारी अभावमा नागरिकको सेवा प्रभावित

ललिता साह सप्तरी, फागुन २४ गते । अत्यधिक भीडभाड हुने जिल्ला प्रशासन कार्यालय सप्तरीमा कर्मचारी अभावका कारण सेवाग्राहीको काम प्रभावित भएको छ । सुरुङ्गा– ८ का...

चामलसहितका कन्टेनर एक महिनादेखि भन्सारमै

खजुरा । विश्व खाद्य कार्यक्रमले नेपाल–भारत नेपालगन्ज जमुनाह नाकाबाट भित्र्याउन लागेको ५४ हजार किलो चामल गुणस्तरहीन भएको भन्दै नेपालगञ्ज भन्सार कार्यालयले रोकिदिएको छ । समुद्री...