२०७९ चैत्र १३ गते

चुरिया नासिदै, असर अकासिदै

राजकरण महतो । काठमाडौं
वातावरणविद् भूषण तुलाधर भन्छन्,‘चुरेको वन विनास र दोहनले जलवायु परिवर्तन असरलाई बढाइरहेको छ ।’चुरिया क्षेत्रबाट नदीजन्य पदार्थको दोहनले वातावरणको सन्तुलन खलबलिएको उनले बताए ।

चुरेमा वन विनास तिब्र रहेको अध्ययनले देखाएको छ । सन् १९८६ ल्याण्ड रिसोर्स म्यापिङ प्रोजेक्टको रिपोर्ट अनुसार चुरेमा १४ लाख ५० हजार ५४१ हेक्टर वन क्षेत्र थियो । सन् २०१० मा फोरेष्ट रिर्सोस सर्वेको प्रतिवेदनले चुरियाको क्षेत्र घटेर १३ लाख ७३ हजार ७४३ हेक्टरमा सीमित भयो । त्यस यता अध्ययन भएको छ । चुरेका वन घटदोक्रमा छ ।

वन फडानीले मानव जीवन संकटमा परेको छ । नहुनु पर्ने बेला बेजोड बर्ष हुन्छ, चाहिएको बेला खडेरी पर्छ । यस बर्षको मनसुन सकिएको थियो । तर,गत वर्ष तराईको पूर्वी र पश्चिमी भागमा भारी बेमौसमी बर्षा भयो । पाकेर काटेको झण्डै ११ अर्बको धानबाली खेतमै भिजेर सखाप भयो । चुरेबाट उर्लेर आएको बाढीले बस्ती डुबायो । मान्छे निल्यो, भौतिक पूर्वधार पनि बगायो ।

चुरे तथा वतावरणविद् डा. बिजय कुमार सिंह भन्छन्,‘थोरै समयमा धेरै पानी प¥यो ।’ चौबीस घण्टामा १५० मिली लिटर पानी बर्षदाँ वाकदिक्क लगाउँछ । कपिलवस्तु र नवलपरासीमा हालै ३ सय ५० मिली लिटर पानी पर्दा धनजनको ठूलो क्षति भएको उनले बताए ।

हिउँद लाग्ने वितिकै तराईका चुरे नजिकैका बस्तीमा खानेपानीको हाहाकार हुन्छ । खोलामा बग्ने भुमिगत पानी हराउँछ, ईनार,कुवा सुक्छ। महोत्तरीको बर्दिबासका ३५ हजार उपभोक्ताले पिउने पानीको तीन वटै मुहान चुरिया क्षेत्रमा छ ।

पानी भण्डारण हुने मुहान तलपट्टी दर्जनबढी क्रसर छन् ।क्रसर उद्योगीले रातु खोला र त्यसको वरिपरी जथाभावी बालुवागिटी खन्छन् । ‘चुरेको दोहनले मुहान हिउँदमा सुकेर आधा हुन्छ,’बर्दिबास साना—शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष भोला खड्का भन्छन्,भन्छन्,‘चुरेमा पानीको स्रोत हराउँदै गएको छ ।’ पानीका स्रोत हराउँदै गएको यो एउटा उदाहरण मात्रै हो । तराईभरी पानीका मुहान बिलाउँदै गएको छ ।

हिमालको सुरक्षा कवचको रुपमा चुरे र महाभारत पहाड छ । मधेसको लाइफलाइन चुरे, महाभारत र हिमाल हुन् । चुरेको प्राकृतिक श्रोत विनास हुँदा त्यसको असर विकराल बन्दै गएको वातावरणविद् डा. तुलाधर बताउँछन् । ‘नेपालको ५० प्रतिशत जनता तराईमा बस्छन् । उनीहरुले विनासको असर भोगिरहेका छन् ।’त्यसैले चुरे बचाउनु पर्छ । यसले जलवायु परिवर्तनको असरलाई पनि कम गर्ने मत राख्छन्,‘चुरे रह्यो भने जलवायुबाट हुने उत्सर्जनलाई सोस्छ ।’

नेपालको जनगणना २०६८ अनुसार एक करोड ४७ लाख ४८ हजार ६ सय ७२ जना मानिसहरू चुरेको काखमा फैलिएको मधेसमा बसोबास गर्छन ्। अन्न, पानी, प्राणवायु, जडिबुटी, फलफूल, कन्दमूललगायत सबै चिजवस्तु उनीहरू चुरेबाटै उपभोग गर्छन्।

‘तराई अन्नको भण्डार हो भने चुरे पानीको भण्डार हो । चुरे रह्यो भने मात्रै विश्वमा गौरव गर्ने सगरमाथामा हिउँ रहन्छ,’पूर्व राष्ट्रपति डा. रामवरण यादवले हरेक सभा भनिरहेका हुन्छन्,‘सित्तैमा पाइएको सुन्दर नेपाल आउँदो पुस्तालाई हस्तान्तरण गर्नु पर्छ ।’

नेपालका २१ वटा हिमतालहरु फुट्ने खतरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र इसिमोडका जलवायु विज्ञ डा. अरुण श्रेष्ठ बताउँछन् । ‘जलवायु परिवर्तनले तापक्रम बढ्दैंछ । त्यसले गर्दा हिमताल पग्लिदै छ,’उनी भन्छन् ।

पर्वतीय क्षेत्रबाट दक्षिणीतिर पाँच हजार बढी नदी पर्छ । तराईको ३६ जिल्लामा फैलिएको चुरे क्षेत्रबाट १६४ वटा नदी प्रणाली बग्छ । चुरेहिमाताल बिस्फोट हुँदा तराईमा त्यसको ठूलो असर पर्ने चुरेविद् डा .डा. सिंह बताउँछन् ।

विश्वमा सहरीकरण र औद्योगिकरणले कार्बन उत्सर्जन बढेको छ ।त्यसको जोखिम नेपालले भोग्दै छ । एक दशकमा दोब्बरले कार्बन उत्सर्जन बढेको देखिएको छ । यसै नै पृथ्वीको तापक्रम १.२ डिग्री सेल्सियस बढेको छ ।

तराईलाई हिमालले शितलता र पिउने पानी पठाउने अन्तरसम्बन्ध छ । तराईका फाँटमा अमृतले सिञ्चित गरेर मधेशले २०३० दशकमा पहाडसहित विदेशमा अन्न पठाउँथ्यो तर, अहिले मधेशका जनताले नै भारतबाट चामल किनेर खान्छन् । चुरे दोहोन र बढ्लो वन विनाशले पानीका मुलहरु सुक्दै गयो, खेतहरु बाँझै भए । गाँस खोज्दै युवाहरु पुगिरहेका छन् ।

चुरेमा बाघ, हात्ती, गैंडा, अर्नाजस्ता ठुला स्तनधारी वन्यजन्तुको वासस्थान छ । जैविक विविधताले चुरेक्षेत्र महत्वपूर्ण छ । यो भू–भागमा २८१ प्रजातिका रुख, १८६ प्रजातिका बुट्यान र वनस्पति पाइन्छन्। जीवजन्तुको विविधताका हिसाबले नेपालमा पाइने एक हजार ९१८ प्रजातिमध्ये एक हजार ३०८ चुरे तथा तराई —मधेसमा पाइन्छन ्। नेपालमा संकटमा रहेका ४९३ प्रजातिका जीवजन्तु चुरे क्षेत्रमा पाइन्छन् ।

नेपालको उन्नति,प्रगति र समृद्धि चुरे संरक्षणबिना सम्भव छैन । ‘त्यसैले सामाजिक, सांस्कृतिक, आर्थिक र वातावरणीय हिसाबले पनि चुरेलाई हिमाल, पहाड र तराईवासी सबै मिलेर बचाउनु पर्छ,’वातावरण अभियानी तथा प्रदेश २ का प्रदेश सभा सदस्य रामअशिष यादव भन्छन्,‘ चुरे रहे सुन्दर नेपाल रहन्छ ।’

- Advertisement -

More articles

Leave a Reply

भर्खर

उपराष्ट्रपतिका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं : देशको नयाँ उपराष्ट्रपतिको आगामी चैत ३ गते हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बिहान ९...

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गयो

सप्तरी । सप्तरीमा मापसे गरि मोटरसाइकल चलाउँदा अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका २ लौनियाका...

सर्लाही : उखु क्रसिङ बन्द

सर्लाही, फागुन २५ गते । सर्लाहीको गोडैता नगरपालिकास्थित महालक्ष्मी चिनी उद्योग बगदहले यस वर्षका लागि उखु क्रसिङ बन्द गरेको छ । किसानले उखु ल्याउन छाडेपछि...

कर्मचारी अभावमा नागरिकको सेवा प्रभावित

ललिता साह सप्तरी, फागुन २४ गते । अत्यधिक भीडभाड हुने जिल्ला प्रशासन कार्यालय सप्तरीमा कर्मचारी अभावका कारण सेवाग्राहीको काम प्रभावित भएको छ । सुरुङ्गा– ८ का...

चामलसहितका कन्टेनर एक महिनादेखि भन्सारमै

खजुरा । विश्व खाद्य कार्यक्रमले नेपाल–भारत नेपालगन्ज जमुनाह नाकाबाट भित्र्याउन लागेको ५४ हजार किलो चामल गुणस्तरहीन भएको भन्दै नेपालगञ्ज भन्सार कार्यालयले रोकिदिएको छ । समुद्री...