२०७९ चैत्र १३ गते

पूर्व मेयर यादवद्वारा कांग्रेस नेतृ महतोमाथि दुर्व्यवहार

बर्दिबास, भदौ १६गते ।

महोत्तरीको बलवा नगरपालिकाको पूर्व मेयर तथा नेपाली कांग्रेसका महाधिवेश प्रतिनिधि तथा विनोद यादवले आफ्ना पार्टीका जिल्ला कार्य समिति महोत्तरी सदस्य ममता महतोलाई पार्टीको बैठक स्थलमा दुर्व्यवहार गरेका छन् ।

महोत्तरीको लोहारपट्टीस्थित शिवचन्द्र भवनमा क्षेत्र नम्बर २ (क) प्रदेश निर्वाचन क्षेत्रिय कार्यसमिति बैठकमै नेता महतोले प्रदेशसभाको समानुपातिक तर्फ आफ्नो उम्मेदवारी दिएकी थिइन् ।

‘किन उम्मेदवारी दिएको ? यो तिम्रोको बाउको पार्टी हो । तिमी यहाँबाट निस्किहाल’ भन्दै तमसिएर बैठक स्थलमा पूर्व मेयर यादवले कुटन आएको पीडित नेता महतोले बताएकी छिन् ।

पूर्व मेयर विनोद यादव

२०७४ र २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनका बेला बलवा नगरपालिकाको उपमेयर पदमा पार्टीले दिएको टिकट पूर्व मेयर यादवको समूहले बाटैबाट खोसेको नेतृ महतोले बताइन् ।

विवादपछि बैठक स्थगित भएको छ ।

- Advertisement -

More articles

Leave a Reply

भर्खर

उपराष्ट्रपतिका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं : देशको नयाँ उपराष्ट्रपतिको आगामी चैत ३ गते हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बिहान ९...

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गयो

सप्तरी । सप्तरीमा मापसे गरि मोटरसाइकल चलाउँदा अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका २ लौनियाका...

सर्लाही : उखु क्रसिङ बन्द

सर्लाही, फागुन २५ गते । सर्लाहीको गोडैता नगरपालिकास्थित महालक्ष्मी चिनी उद्योग बगदहले यस वर्षका लागि उखु क्रसिङ बन्द गरेको छ । किसानले उखु ल्याउन छाडेपछि...

कर्मचारी अभावमा नागरिकको सेवा प्रभावित

ललिता साह सप्तरी, फागुन २४ गते । अत्यधिक भीडभाड हुने जिल्ला प्रशासन कार्यालय सप्तरीमा कर्मचारी अभावका कारण सेवाग्राहीको काम प्रभावित भएको छ । सुरुङ्गा– ८ का...

चामलसहितका कन्टेनर एक महिनादेखि भन्सारमै

खजुरा । विश्व खाद्य कार्यक्रमले नेपाल–भारत नेपालगन्ज जमुनाह नाकाबाट भित्र्याउन लागेको ५४ हजार किलो चामल गुणस्तरहीन भएको भन्दै नेपालगञ्ज भन्सार कार्यालयले रोकिदिएको छ । समुद्री...