२०७९ चैत्र १३ गते

संसद भवन अगाडि आचार्यको आत्मदाह देशमा तेस्रो जनविद्रोहको संकेत:- चन्द्रभुषण साह

काठमाडौं, ११ माघ ।

आईटी आर्मीका राष्ट्रिय अध्यक्ष तथा आम जनता पार्टीका केन्द्रीय नेता चन्द्र भुषण साह (सीबी) ले प्रेम आचार्यको आत्मदाहलाई लिएर देशमा तेस्रो जनविद्रोहको आगो बल्ने संकेतको रुपमा टिप्पणी गरेका छन् ।

युवा नेता साहले, लोकतन्त्रमा आस्थाको सबैभन्दा ठुल्लो दरबार संघीय संसद भवन अगाडि प्रतिनिधि पात्र प्रेम प्रसाद आचार्यको आत्मदाहले शासक वर्गको कानको जाली फुट्ने गरी विस्फोट गराएको र गाला सुनिने गरी झापड़ हानेको बताएका छन् ।

उनले अगाडि थपें, यति हुँदा समेत राज्य र शाशक वर्गले आफ्नो आम जनताको वास्तविक दुख, पिरमार्का, चरम नैराश्यता एवं आक्रोशलाई समयमैं बुझेर आत्मबोध गर्दै पूर्ण जवाफदेही एवं जिम्मेदारीका साथ सुध्रिएर अगाडि बढ्दैन वा बढ्न सक्दैन भने देशमा तेस्रो जनविद्रोहको आगो बल्ने निश्चित छ ।

नेता साहले आफ्नो फेसबुक पेजमा आत्मदाह जस्तो ह्रदयविदारक घटनाप्रति गहिरो चिन्ता, दुख एवं आक्रोशपूर्ण भावकासाथ दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जली सहित शोकाकुल परिवार एवं आफन्तजन तथा स्तब्ध देशवासीप्रति समवेदना समेत व्यक्त गरेका छन् ।
Royal

- Advertisement -

More articles

Leave a Reply

भर्खर

उपराष्ट्रपतिका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं : देशको नयाँ उपराष्ट्रपतिको आगामी चैत ३ गते हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बिहान ९...

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गयो

सप्तरी । सप्तरीमा मापसे गरि मोटरसाइकल चलाउँदा अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका २ लौनियाका...

सर्लाही : उखु क्रसिङ बन्द

सर्लाही, फागुन २५ गते । सर्लाहीको गोडैता नगरपालिकास्थित महालक्ष्मी चिनी उद्योग बगदहले यस वर्षका लागि उखु क्रसिङ बन्द गरेको छ । किसानले उखु ल्याउन छाडेपछि...

कर्मचारी अभावमा नागरिकको सेवा प्रभावित

ललिता साह सप्तरी, फागुन २४ गते । अत्यधिक भीडभाड हुने जिल्ला प्रशासन कार्यालय सप्तरीमा कर्मचारी अभावका कारण सेवाग्राहीको काम प्रभावित भएको छ । सुरुङ्गा– ८ का...

चामलसहितका कन्टेनर एक महिनादेखि भन्सारमै

खजुरा । विश्व खाद्य कार्यक्रमले नेपाल–भारत नेपालगन्ज जमुनाह नाकाबाट भित्र्याउन लागेको ५४ हजार किलो चामल गुणस्तरहीन भएको भन्दै नेपालगञ्ज भन्सार कार्यालयले रोकिदिएको छ । समुद्री...