२०७९ चैत्र १३ गते

भेटियो लोपोन्मुख कछुवाको अस्थिपञ्जर

इक्वेडर, (क्विटो), भदौ १५ गते ।

इक्वेडरले चारवटा गालापागोस प्रजातिका ठूला कछुवा मारिएको घटनामाथि अनुसन्धान सुरु गरेको छ ।

वकिलहरूले मानिसहरूले तिनीहरूलाई सिकार गरेर खाने गरेको आंशका गरेका छन् ।

गालापागोस द्वीपसमूहको सबैभन्दा ठूलो टापु इसावेलास्थित एउटा राष्ट्रिय निकुन्जमा ती घिस्रने प्राणीका अवशेषहरू फेला परेको थियो ।

यस लोपोन्मुख जनावरलाई मार्न सन् १९३३ देखि प्रतिबन्ध लगाइएको हो । तर, विगत दुई वर्षभित्र मात्रै एक दर्जन भन्दा बढी कछुवा मारिएको छ ।

कुनै समय इक्वेडरबासीले कछुवाको मासु स्वादिलो मान्दै खाने गर्दथे । अहिले कछुवाको सिकार गर्नेलाई तीन वर्ष लामो कारावास सजायको व्यवस्था गरिएको छ ।

सन् २०२१ को सेप्टेम्बरमा पनि निकुन्जका वन रक्षकहरूले इसावेलामा नै सियर्रा नेग्रा प्रजातिका १५ वटा विशाल कछुवाको अस्थिपञ्जर भेटाएका थिए ।

तिनीहरूका शरीरका बाह्य कडा खोलका तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि इक्वेडरमा जनआक्रोश फैलिएको थियो ।

त्यतिबेलाको अनुसन्धानले तिनीहरूको सिकार गरेर मासु खाइएको पुष्टि गरेको थियो ।

पछिल्लो समय चारवटा कछुवाको अस्थिपञ्जर पाइएपछि कतै त्यही कुप्रथाले निरन्तरता पाइरहेको त छैन भन्ने प्रश्न खडा भएको छ । बीबीसीबाट ।

- Advertisement -

More articles

Leave a Reply

भर्खर

उपराष्ट्रपतिका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं : देशको नयाँ उपराष्ट्रपतिको आगामी चैत ३ गते हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बिहान ९...

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गयो

सप्तरी । सप्तरीमा मापसे गरि मोटरसाइकल चलाउँदा अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका २ लौनियाका...

सर्लाही : उखु क्रसिङ बन्द

सर्लाही, फागुन २५ गते । सर्लाहीको गोडैता नगरपालिकास्थित महालक्ष्मी चिनी उद्योग बगदहले यस वर्षका लागि उखु क्रसिङ बन्द गरेको छ । किसानले उखु ल्याउन छाडेपछि...

कर्मचारी अभावमा नागरिकको सेवा प्रभावित

ललिता साह सप्तरी, फागुन २४ गते । अत्यधिक भीडभाड हुने जिल्ला प्रशासन कार्यालय सप्तरीमा कर्मचारी अभावका कारण सेवाग्राहीको काम प्रभावित भएको छ । सुरुङ्गा– ८ का...

चामलसहितका कन्टेनर एक महिनादेखि भन्सारमै

खजुरा । विश्व खाद्य कार्यक्रमले नेपाल–भारत नेपालगन्ज जमुनाह नाकाबाट भित्र्याउन लागेको ५४ हजार किलो चामल गुणस्तरहीन भएको भन्दै नेपालगञ्ज भन्सार कार्यालयले रोकिदिएको छ । समुद्री...