२०७९ चैत्र १३ गते

सिलौटो र जाँतो बिक्न छाडेपछि थवईको पुर्ख्यौली पेशा सङ्कटमा

विजयकुमार साह 

ढल्केवर, असार २५ गते । नेपालमा लोपोन्मुख जातीको सूचीमा रहेको थवई जातीको पुर्ख्यौली पेशा सङ्कटमा परेको छ । जाँतो र सिलौटो बनाउने उहाँहरुको पुर्ख्यौली पेशा हो । आधुनिकतासँगै भित्रिएको दाल, गहुँ पिँध्ने मिल र मसला पिँध्ने विद्यतीय उपकरणका कारण जाँतो र सिलौटो बिक्री हुन छाडेपछि समुदायको पेशा नै सङ्कटमा परेको छ ।

धनुषाको सबैला नगरपालिका –९ भठिहनका ५५ वर्षीय जयराम थवईले जहाँतहीँ खुलेका विद्यतीय मिल र गाउँघरमा समेत मसला पिँध्ने ‘ग्राइण्डिङ्ग’ मेशिन छ्यापछ्याप्ती भएकाले ढुङ्गा खोप्ने अनि जाँतो र सिलौटो बनाउने पुर्ख्यौली पेशा संकटमा परेको बताउनुभयो । विगत ३० वर्षदेखि यही पेशाबाट जीविकोपार्जन गर्दै आउनुभएका जयरामले भन्नुभयो, “पहिला–पहिला एक दिनमा १०–१२ वटासम्म सिलौटो र जाँतो बिक्थ्यो । तर अहिले मुस्किलले दुई वटा पनि बिक्दैन ।”

एउटा सिलौटोको मुल्य चार सयदेखि छ सयसम्म र जाँचोको मुल्य एक हजारदेखि एक हजार पाँचसय रुपियाँसम्म बिक्री हुने गरेकोमा लागत मुल्यसमेत असुलउपर हुँदैन । एउटा जाँतो कोप्न दिनभर लाग्नेगरेको उहाँको भनाइ छ । त्यस्तै, दिनभरमा दुई वटासम्म सिलौटो खोप्न सकिन्छ, जयरामले भन्नुभयो ।

आफूले गर्दैआएको पेशाबाट आम्दानी हुन छाडेपछि वैदेशिक रोजगारीको सिलसिलामा दुई पटक कतार गएको तर दुबै पटक स्वास्थ्य जाँचमा फेल भएपछि एक महिनामै फर्केर आउनुपरेकाले साहूको ऋण लागेको उहाँले सुनाउनुभयो ।

भठिहन चौकमा सानो छाप्रो हालेर ढुङ्गा खोप्दै आउनुभएका जयरामको सात जनाको परिवार छ । परिवारका सबै सदस्य यही पेशामा छन् । सिलौटा र जाँतो बनाउन गुणस्तरीय ढुङ्गा नेपालमा नपाउँदा बढी समस्या परेको उहाँहरुको भनाइ छ । उदयपुर जिल्लाको कटारीस्थित पहाडमा यस्तो ढुङ्गा पाउने गरेको भएपनि वन कर्मचारी र वन समितिले ल्याउन नदिएको जयरामले बताउनुभयो ।

जयरामको जेठो छोरा अजय थवईका अनुसार भारतको जयपुर र राजस्थानबाट ढुङ्गा आयात गरेर सिलोटो र जाँतो बनाउँदा लागत मुल्य बढ्न गई व्यापार घाटा हुनेगरेको छ । घोडा र गधालाई बोकाएर गाउँटोल चहारेर तथा पसल थापेर यी सामग्री बिक्री गर्दैआएका अयजले भन्नुभयो, “नेपालमा लोपोन्मुख जातीको सूचिमा रहेकाले सरकारले मासिक भत्ता दिँदैआएको छ । आफ्नै नाउँमा जमिन उपलब्ध गराइदिएको भए घर बनाएर बस्थेँ ।” नेपालमा थवई जातिको सङ्ख्या दुई सय घरधुरी मात्र रहेको तथ्याङ्कमा उल्लेख छ ।

- Advertisement -

More articles

Leave a Reply

भर्खर

उपराष्ट्रपतिका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं : देशको नयाँ उपराष्ट्रपतिको आगामी चैत ३ गते हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बिहान ९...

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गयो

सप्तरी । सप्तरीमा मापसे गरि मोटरसाइकल चलाउँदा अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका २ लौनियाका...

सर्लाही : उखु क्रसिङ बन्द

सर्लाही, फागुन २५ गते । सर्लाहीको गोडैता नगरपालिकास्थित महालक्ष्मी चिनी उद्योग बगदहले यस वर्षका लागि उखु क्रसिङ बन्द गरेको छ । किसानले उखु ल्याउन छाडेपछि...

कर्मचारी अभावमा नागरिकको सेवा प्रभावित

ललिता साह सप्तरी, फागुन २४ गते । अत्यधिक भीडभाड हुने जिल्ला प्रशासन कार्यालय सप्तरीमा कर्मचारी अभावका कारण सेवाग्राहीको काम प्रभावित भएको छ । सुरुङ्गा– ८ का...

चामलसहितका कन्टेनर एक महिनादेखि भन्सारमै

खजुरा । विश्व खाद्य कार्यक्रमले नेपाल–भारत नेपालगन्ज जमुनाह नाकाबाट भित्र्याउन लागेको ५४ हजार किलो चामल गुणस्तरहीन भएको भन्दै नेपालगञ्ज भन्सार कार्यालयले रोकिदिएको छ । समुद्री...