लालगढमा गौतम होटल धमाधम निर्माण हुँदै

बर्दिबास, माघ ११ गते । चार दशकदेखि ग्राहकलाई सेवा दिदैं आएको महोत्तरीको बर्दिबासस्थित गौतम होटलले धनुषाको लालगढमा सुविधासम्पन्न होटल धमाधम निर्माण गरिरहेको छ । युवा...
२०७८ माघ ११ गते

युवाले फेर्दै मधेशको विवाह परम्परा

सरकारी जागिरे राम सागरले गरे आदर्श विवाह
बर्दिबास, फागुन ८ गते ।
‘विवाह गर्नु भयो, दाइजो कति लिनु भयो ?’ मैले उनलाई फोनमा प्रश्न गरे ।‘एक पैसा पनि लिएको छैन,’ मेरो प्रश्न नझर्दै उनले उत्तर फर्काए । ‘अरुले विना दहेज विवाह गर्दैन ? तपाईंले विवाह गर्दा दाइजो किन लिनुभएन ?’अर्को प्रश्न थपें ।
‘अब पनि दाइजो लिएर विवाह गर्ने हो र ? केटी मनपसन्द भयो,व्यवहार मिल्यो, पढेको भएपछि यसमा दाईजोले के अर्थ राख्छ र ? मलाई लाग्छ कुनै अर्थ राख्दैंन ।’

माथि उल्लेखित सवाल महोत्तरीको पिपरा गाउँपालिकाका लेखा प्रमुख राम सागर यादव र ठोस खबर बीचको हो । विवाह भन्ने वितिकै कति दाईजो लियो ? भन्ने आम प्रश्न मधेशमा हुन्छ । विवाह गर्दा कति दाइजो लियो वा दियो जिज्ञासा केटा पक्ष र केटी पक्षसंग छरछिमेकी, साथीभाई राख्छन् ।

केटा जती पढेका हुन्छ, त्यती बढी तिलक । झन् सरकारी जागिरे र धनीमनी भए त्यसको मोल लाख हुदैं करोंडसम्म पुगिरहेको छ । आधुनिक पुस्तामा हुर्किदैं गरेका लेखा प्रमुख यादवले गत फागुन ५ गते आर्दश विवाह गरेर दाइजोरहित विवाह गर्न अरुलाई प्रेरित गरेका छन् ।

महोत्तरीको भंगहा नगरपालिका–४ का बेहुला यादवले सिरहाको मिर्चैया नगरपालिका–११ गदहवाकी निर्मला यादवसंग आदर्श बिवाह गरेका छन् ।‘विवाह भनेको दुई आत्माको प्रवित्र बन्ध हो । यसमा कुनै शर्त मान्य हुदैंन । बेहुला र बेलुलीको मन मिलेपछि दहेज फिक्का हुन्छ,’राष्ट्र सेवामा क्रियाशिल रहेको बेहुला रामसागर भन्छन्,‘सबैले स्वतन्त्र भएर वैवाहिक बन्धनमा बाँधिन पाउनु पर्छ ।’

- Advertisement -

More articles

Leave a Reply

भर्खर

लालगढमा गौतम होटल धमाधम निर्माण हुँदै

बर्दिबास, माघ ११ गते । चार दशकदेखि ग्राहकलाई सेवा दिदैं आएको महोत्तरीको बर्दिबासस्थित गौतम होटलले धनुषाको लालगढमा सुविधासम्पन्न होटल धमाधम निर्माण गरिरहेको छ । युवा...

राष्ट्रियसभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै

काठमाडौं, माघ ११ गते । राष्ट्रियसभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै छ । बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म सातै प्रदेशमा राष्ट्रिय सभाको...

मधेश सरकारले किन घडेरी खोज्दै छ ?

शैलेन्द्र महतो जनकपुरधाम, माघ ११ गते । मधेश प्रदेश सरकारले आफ्नो घर बनाउन घडेरीको खोजीमा जुटेको छ । हालै जनकपुरधाम स्थायी राजधानी तोकिए छ । जनकपुर...

गिरिराजमणि पोखरेलज्यू, सिंहदरबारको अधिकार कहिले आइपुग्छ ?

श्री गिरिराजमणि पोखरेलज्यू, श्री सारदा देवी थापाज्यू, श्री बिदुरकुमार कार्कीज्यू । महोदय,       भनिन्छ, सडक र पुलले ७० प्रतिशत विकाश गाडीमा बोकेर गाउँमा ल्याउँछ । मेरो...

ग्रामिण भेगको विकासका लागि समुदायमा आधारित विकासको मोडेलको खाँचो छ ः पूर्वशिक्षा मन्त्री पोखरेल

खयरमारा, माघ १० गते । ग्रामिण भेगको विकासका लागि समुदायमा आधारित विकासको मोडेलको खाँचो रहेको पूर्वशिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् । महोत्तरीको विकट गाउँ...