२०७९ चैत्र १३ गते

बीबीसीमा देशको जेठो गुरुकुल मटिहानीको चर्चा

राजकरण महतो । काठमाडौं
देशको जेठो गुरुकुल राजकीय संस्कृत माध्यमिक विद्यालय बारे बीबीसी नेपाली चर्चा गरेको छ । कतिपय गुरुकुलमा दलित जातका बच्चाहरु प्रवेश नपाइरहेको खबर आइरहेको बेला महोत्तरीको मटिहानीस्थित ३०४ बर्ष पुरानो गुरुकुलमा चमार, सार्की, परियारलगायत दलित जातका र मुस्लिम समुदायका विद्यार्थी अध्ययन गरिरहेको बारे उसले बिशेष रिपोर्ट तयार परेको छ । बीबीसीमा उल्लेख गरिएको छ, सुर्खेतका २१ वर्षीय प्रकाश परियारले राजकीय संस्कृत माध्यमिक विद्यालयबाट उच्च माध्यमिक तहको परीक्षा दिएका छन्।

ज्योतिषशास्त्र अध्ययन गर्ने हुटहुटीले देशकै पहिलो गुरुकुल भनिने विद्यालयमा पुगेका परियारले आचार्य अर्थात् स्नातकोत्तरसम्मको शिक्षा त्यही सक्ने योजना बनाएका छन्।संस्कृत भाषाको आधारभूत ज्ञान नभएकाले पढाइ केही कठिन महसुस भए पनि त्यहाँको दुई वर्षे अध्ययन अवधि सहजै बितेको उनी सुनाउँछन्।

परियार गुरुकुलको ‘विभेद तथा असमानतारहित वातावरण’ले बाँकी अध्ययन पनि त्यहीँबाट सक्ने प्रेरणा मिलेको बारे उसले बीबीसीसंग खुशी साटेको छ ।

संविधानले हरेक किसिमको विभेद र छुवाछुत वर्जित गरेको छ । तर, निश्चित जात र धर्म केन्द्रित गुरुकुलहरूले परम्परागत सोच त्याग्न नसक्दा विभेदपूर्ण घटनाहरू सार्वजनिक हुने गरेको पौडेलको तर्क छ ।

‘समयसँगै गुरुकुल धाउने ब्राह्मणका बच्चाहरू घट्दै गए। समाजका अन्य जातका मानिसहरू त्यहाँ सहभागी हुन खोजिरहेका छन् तर हाम्रो समाजले समावेशिता र समानतालाई स्वीकार्न सकेको छैन,’ उनले बीबीसीसंग भनेका छन् ।

प्राचीन राजकीय संस्कृत गुरुकुलमा चमार, सार्की, परियारलगायत दलित जातका र मुस्लिम समुदायका केही विद्यार्थीहरु पनि अध्ययन गरिरहेका छन् ।
विद्यालयमा धार्मिक विविधता, भौगोलिक तथा सामाजिक समावेशिता भएको कारण विभेद नरहेको उनले बताए।https://www.bbc.com/nepali/news-61777356?fbclid=IwAR3-mMdiqGDLxsiD6iFLnbvghqtPqVzRNotydM_vGaQmgI2SOYLe9FGKeSk

सामान्य विद्यालयहरू भौतिकवाद, विज्ञान र प्रविधि केन्द्रित भइरहँदा गुरुकुलहरूले भने विज्ञान र प्रविधिसँगै धर्म, संस्कृति, मूल्यमान्यता, भाषा र साहित्यलाई समेत अघि बढाएको बताइन्छ।

विशेषतः संस्कृत, ज्योतिषशास्त्रसँगै देवकार्य र पितृकार्यसँग सम्बन्धित कर्मकाण्डमा पनि विद्यार्थीहरूलाई सहभागी गराइन्छ।उच्च माध्यमिक तहको नतिजा कुरिरहेका प्रकाश परियार भन्छन्, ‘आम विद्यालयमा संस्कृत पढ्न पाइँदैन। ती विद्यालयको तुलनामा गुरुकुलमा तिर्नु पर्ने शुल्क पनि कम छ। विभिन्न पृष्ठभूमिका साथीहरूसँगको घुलमिलले यहाँको शिक्षा झनै परिष्कृत लाग्यो।’
प्राचार्य पौडेल भन्छन्, ‘गुरुकुलले आचरणमा रहन सिकाउँछ। सिक्न र सिकेको कार्य व्यवहारमा लागु गर्न कुनै जातले छेक्नु हुँदैन।

- Advertisement -

More articles

Leave a Reply

भर्खर

उपराष्ट्रपतिका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं : देशको नयाँ उपराष्ट्रपतिको आगामी चैत ३ गते हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बिहान ९...

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गयो

सप्तरी । सप्तरीमा मापसे गरि मोटरसाइकल चलाउँदा अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका २ लौनियाका...

सर्लाही : उखु क्रसिङ बन्द

सर्लाही, फागुन २५ गते । सर्लाहीको गोडैता नगरपालिकास्थित महालक्ष्मी चिनी उद्योग बगदहले यस वर्षका लागि उखु क्रसिङ बन्द गरेको छ । किसानले उखु ल्याउन छाडेपछि...

कर्मचारी अभावमा नागरिकको सेवा प्रभावित

ललिता साह सप्तरी, फागुन २४ गते । अत्यधिक भीडभाड हुने जिल्ला प्रशासन कार्यालय सप्तरीमा कर्मचारी अभावका कारण सेवाग्राहीको काम प्रभावित भएको छ । सुरुङ्गा– ८ का...

चामलसहितका कन्टेनर एक महिनादेखि भन्सारमै

खजुरा । विश्व खाद्य कार्यक्रमले नेपाल–भारत नेपालगन्ज जमुनाह नाकाबाट भित्र्याउन लागेको ५४ हजार किलो चामल गुणस्तरहीन भएको भन्दै नेपालगञ्ज भन्सार कार्यालयले रोकिदिएको छ । समुद्री...