राष्ट्रियसभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन...

काठमाडौं, माघ ११ गते । राष्ट्रियसभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै छ । बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म सातै प्रदेशमा राष्ट्रिय सभाको...
२०७८ माघ ११ गते

मटिहानी घटना ः चुरो कुरो के हो ?

जसपा र नेकपा शक्ति प्रदर्शनमा

महोत्तरी ःगत बडा दशैं पर्वको विजया दशमीका दिन महोत्तरीको मटिहानीमा भएको घटनाबारे दलहरु शक्ति प्रदर्शनमा जुटेका छन् । जिल्लाको मटिहानीमा गत कात्तिक १० गते विजया दशमीका दिन राती भएको झडपबारे आआफ्ना जिकिरसहित प्रदेश–२ को सत्तारुढ दल जनता समाजवादी पार्टी र केन्द्रीय (सङ्घीय) सरकारको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शक्ति प्रदर्शनमा जुटेका हुन् ।

बडादशैं पर्वमा भएको दोहारो झडपको घटना राजनीतिक आग्रह साध्न प्रयोग गरिएको भन्दै जनता समाजवादी पार्टी (जसपा) ले मङ्सिर पहिलो सातामा जिल्ला सदरमुकाम जलेश्वरमा जनप्रदर्शन गरी सकेको छ । यता नेकपाभने अहिले आउने बिहीबार सदरमुकाममै जनप्रदर्शन गर्ने भन्दै प्रत्येकजसो गाउँ÷नगर बस्तीमा त्यसको तयारीमा भेला बैठक कार्यक्रममा ब्यस्त देखिएको हो । जिल्लाबाट नेकपा केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नौ जना र प्रदेश–२ समितिमा प्रतिनिधित्व गर्ने ३५ जना नै प्रदर्शनमा जनपरिचालन गर्न खास जिम्मेवारीसहित लागी परेका सो दलका जिल्ला इञ्चार्ज राजु खड्का बताउनुहुन्छ ।

मुलुककै दुई मुख्य दल घटनाबारे आआफ्ना तर्क प्रस्तुत गर्दै जनप्रदर्शनमा उत्री रहेका स्थितिले राजनीतिक तनाव बढ्ने सर्वसाधारणले चिन्ता जनाएका छन् । जिल्लाका बिकास निर्माण र अवसरका लागि दलहरुबीच उदाशिनता देखिनु र एउटा झडपको घटनाबारे न्याय सम्पादन गर्ने निकाय हुँदाहुँदै शक्ति प्रदर्शनमा उत्रनुले अस्वस्थ्य प्रतिष्पर्धा बढ्ने सर्वसाधारणको चिन्ता देखिएको छ ।

बडादशैं पर्वको बिजया दशमीका दिन राती मटिहानी बजारमा मदिरा खाएर मातेका दुई समूहबीच भएको झडप प्रकरणमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सत्ताको आडमा प्रहरी ÷प्रशासनलाई प्रभावमा पारी राजनीतिक आग्रह साध्न झुठा मुद्दा दर्ता गरेको भन्दै जसपाले मङ्सिर ३ गते जलेश्वरमा प्रदर्शन गरेको थियो । अहिले नेकपा मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल आफै साङ्घातिक आक्रमणमा सरिक रहेको र जिल्लास्थित प्रहरी÷ प्रशासनले आवश्यक कार्वाहीमा उदाशिनता देखाएको भन्दै प्रदर्शनको तयारीमा जुटेको छ ।

“जसपाले प्रदेश सरकार र स्थानीयतह जितेका ठाउँमा जनप्रतिनिधि नै अघि सरेर ताण्डव मच्चाई रहेका छन् , गृह प्रशासनका जिल्लास्थित इकाईहरु मुकदर्शक छन्” नेकपाका जिल्ला इञ्चार्ज खड्काले आउने बिहीबार जलेश्वरमा जनप्रदर्शनको तयारीबारे जानकारी दिदै सञ्चारकर्मीसँग भन्नुभयो, “हामी यो अवस्था जनतालाई खुलामञ्चबाट दर्शाउन र प्रहरी÷ प्रशासनलाई आफ्नो कर्तव्यप्रति जिम्मेवार बन्न दवावकै लागि प्रदर्शनको तयारीमा जुटेका हौं ।” नेकपाले स्थानीयतहमा जसपाको नेतृत्व रहेका अधिकांश ठाउँमा आफ्ना कार्यकर्तालाई साङ्घातिक आक्रमण गर्दै आएको जनाएको छ ।

बिजया दशमीका दिन अर्थात गत कात्तिक १० गते राती मटिहानी बजारको एक होटलमा खानपिन गरेर निस्केका केही व्यक्तिको समूहबीच दुर्गा प्रतिमा विसर्जन गर्ने कुरामा विवाद बढ्दै गएर हात हालाहाल हुँदा प्रहरीले झडप नियन्त्रण गरेको थियो । नगर प्रमुख मण्डलका खास विश्वासी व्यक्तिहरु र नेकपाका स्थानीय कार्यकत्र्ताबीच भएको हात हालाहाल घटना प्रहरी नियन्त्रणपछि सोही राती बाटो हिडीरहेका नेकपा र नेपाली काँग्रेसका स्थानीय कार्यकत्र्तालाई नगरप्रमुख मण्डल आफैंले हातपात गरेर मरणासन्न हुने गरी कुटपिट गरेका नेकपाको आरोप छ ।

“सो दिन (विजया दशमी) दुई घण्टाअघि होटलमा भएको झडपमा न हामी थियौं न हाम्रो संलग्नता नै थियो” नेकपाका स्थानीय कार्यकर्ता बिजयकुमार चौधरीले बिजया दशमीका दिन राती भएको घटनाबारे भन्नुभयो , “बाटो हिडी रहेका हामी तीनजना (आपूm, नेकाका स्थानीय कार्यकत्र्ता जितेन्द्र चौधरी र गणेशप्रसाद साह) माथि नगरप्रमुख मण्डलले एक्कासी हात हालेपछि उहाँका मान्छेले लाठी , छुरासमेत चलाएर मरणासन्न बनाए । हामी तीनैजना त्यही ढल्यौ, पछि आफन्तले थाहा पाएर हाम्रो उद्धार गरेका हुन् ।”

चौधरी गत प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नेकपा (एमाले) का उमेद्वार र विजेताका निकटतम प्रतिष्पर्धी रहनु भएको थियो ।सो घटनामा घाइते तीनैजनालाई जलेश्वरमा प्राथमिक उपचारपछि काठमाण्डौ पठाइएको थियो । बिजयकुमार चौधरी निको भएर फर्केपनि अन्य दुई जना अझै उपचारमै रहेका बताइएको छ । मरणासन्न हुने गरी नगरप्रमुखकै नेतृत्वमा आक्रमण भएपछि त्यसको कानुनी उपचार खोज्न प्रहरी÷ प्रशासन धाएपनि उल्टै आपूmहरुविरुद्ध तीनवटा मुद्दा दर्ता भएका चौधरी बताउनुहुन्छ ।

यता नगरप्रमुख मण्डलभने बजारमा साम्य भएको घटनापछि नेकाका स्थानीय नेता जयकुमार चौधरी, नेकपाका स्थानीय कार्यकर्ता हुल बाँधेर आफ्नो घरमै ढुङ्गामुढा गर्न आउँदा भिडभाडमा केहीलाई चोटपटक लागेको बताउनुहुन्छ । बाटो हिडी रहेका व्यक्तिमाथि आक्रमण गरेको भन्दै आपूmमाथि लगाइएको आरोप झुठ फरेब भएको मण्डलको भनाइ छ । नेकाका स्थानीय नेता जयकुमार चौधरी, घाइते भएर अहिले उपचारमै रहेका नेका कार्यकर्ता जितेन्द्र चौधरी र अर्का घाइते नेकपा कार्यकर्ता बिजयकुमार चौधरी सहोदर दाजुभाइ हुनुहुन्छ । अझै सघन उपचारमा काठमाण्डौंमै रहनु भएका गणेशभने चौधरी परिवारका छिमेकी हुनुहुन्छ ।

“बजारमा पहिलो घटना मदिरा खाएर मातेका हरुबीच नै भएको हो, जुन झडप प्रहरीले नियन्त्रण गरेर साम्य बनाएको थियो”नगरप्रमुख मण्डल घटनाबारे भन्नुहुन्छ, “दुई तीन घण्टापछि मेरो घरमै ढुङ्गामुढा गरेर नेका र नेकपाका कार्यकर्ताले स्थिति उत्तेजक बनाए, यसले भिडभाडमा चोटपटक लाग्नेहरु बढेका हुन् ।” घटनामा आपूmलाई मुछेर नेकपाले राजनीतिक आग्रह साध्न खोजेको मण्डलको भनाइ छ ।

मङ्सिर ३ गते जलेश्वरमा भएको प्रदर्शन र सभामा जसपाआवद्ध सङ्घीय साँसद, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभा सदस्य र स्थानीयतहका निर्वाचित प्रतिनिधिसहित पार्टीका नेता सम्मिलित थिए । त्यसैगरि अहिले नेकपाले आफ्ना प्रत्येक सदस्यलाई बिहीबार हुने शान्तिपूर्ण प्रदर्शनमा अनिवार्य सहभागी हुन निर्देशन नै जारी गरेको र यसको समन्वयमा खासखास जिम्मेवारी नै तोकिएको जिल्ला इञ्चार्ज खड्का बताउनु हुन्छ ।

जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीयतहमध्ये सातमा जसपा, पाँचमा नेकपा र तीनमा नेपाली काँग्रेसको नेतृत्व निर्वाचित छ । जिल्ला समन्वय समितिमा पनि जसपाकै नेतृत्व छ । जसपाले एकचरणको प्रदर्शन सम्पन्न गरेको र नेकपा तयारी गरी रहेका बेला नेपाली काँग्रेसले पनि शक्ति प्रदर्शनका लागि छलफल शुरु गरेको सो दलका महासमिति सदस्य बर्दिबास–१४ का बासिन्दा चिरिञ्जीवी हमाल बताउनुहुन्छ । सो घटनामा आफ्ना कार्यकर्ता पनि घाइते भएका र आक्रमण नगरप्रमुख मण्डलले गराएका नेका महोत्तरीले बताउँदै आएको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालय महोत्तरीले घटनाबारे फरक÷फरक पक्षबाट जाहेरी प्राप्त भएका जनाएको छ । कुन दलका भन्ने आधारमा नभई घटनामा कोको संलग्न छन् भन्ने प्रमाणले थप कार्वाही अघि बढ्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक टिका केसीको भनाइ छ ।

घटनाबारे जसपा, नेकपा र नेकासहितका सबै दल आआफ्ना तर्क र दलिल गरी रहेका स्वतन्त्र वुद्धिजीवीको मत छ । सत्ताको आड वा राजनीतिक आग्रहपूर्ण आन्दोलनको दवावले सत्यतथ्य अनुसन्धानमा खलल पुग्न नहुने वुद्धिजीवी बताउँछन् । “घटनाका तथ्य र प्रमाणका आधारमा अनुसन्धान र कार्वाही गरिनु पर्दछ” जलेश्वरमा कानुन ब्यवसायी पेशाका एक वुद्धिजीवीले नाउँ उल्लेख नगरी दिन आग्रह गर्दै भन्नुभयो, “हामी प्रहरी अनुसन्धानलाई नियाली रहेका छौ., दोषीले उन्मुक्ति पाउनु हुँदैन ।”


केन्द्रीय (सङ्घीय) सरकारको नेतृत्वकर्ता र प्रदेश–२ सरकारको नेतृत्वकर्ता दलबीच मटिहानी घटनाले जिल्लामा तनाव बढाएको सर्वसाधारण बताउँछन् । कानुनी राज्यमा बलमिच्याँई छाडेर विधि र प्रकृयाको सम्मान सबैले गर्नु पर्ने सर्वसाधारणको धारणा पाइन्छ ।

- Advertisement -

More articles

Leave a Reply

भर्खर

राष्ट्रियसभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै

काठमाडौं, माघ ११ गते । राष्ट्रियसभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै छ । बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म सातै प्रदेशमा राष्ट्रिय सभाको...

मधेश सरकारले किन घडेरी खोज्दै छ ?

शैलेन्द्र महतो जनकपुरधाम, माघ ११ गते । मधेश प्रदेश सरकारले आफ्नो घर बनाउन घडेरीको खोजीमा जुटेको छ । हालै जनकपुरधाम स्थायी राजधानी तोकिए छ । जनकपुर...

गिरिराजमणि पोखरेलज्यू, सिंहदरबारको अधिकार कहिले आइपुग्छ ?

श्री गिरिराजमणि पोखरेलज्यू, श्री सारदा देवी थापाज्यू, श्री बिदुरकुमार कार्कीज्यू । महोदय,       भनिन्छ, सडक र पुलले ७० प्रतिशत विकाश गाडीमा बोकेर गाउँमा ल्याउँछ । मेरो...

ग्रामिण भेगको विकासका लागि समुदायमा आधारित विकासको मोडेलको खाँचो छ ः पूर्वशिक्षा मन्त्री पोखरेल

खयरमारा, माघ १० गते । ग्रामिण भेगको विकासका लागि समुदायमा आधारित विकासको मोडेलको खाँचो रहेको पूर्वशिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् । महोत्तरीको विकट गाउँ...

बेपत्ता दुईजनाको शव फेला, मृतक संख्या चार पुग्याे

दिवाकर पोख्रेल देउखुरी, भदौ १७ गते । दाङमा बाढीले कार बगाउँदा वेपत्ता भएका दुईजनाकाे  शव प्रहरीले फेला पारेको छ । घोराही लमही सडक खण्डको घोराही...